पुस्तक लेख्न छोडेर शिल्पाले स्वीकार गरिनन् अफर

Domain Registration Nepal प्रकाशित समय 2:27:00 AM

बलिउड अभिनेत्री शिल्पा सेट्टी आजभोलि आफ्ना श्रीमान राज कुन्द्रासँग फुर्सदिलो जीवन विताइरहेकी छिन् ।
कुनै समय चलचित्रको कामले समय छुट्याउन नै मुस्किल पर्ने शिल्पा अहिले चलचित्रमा नदेखिएको पनि बर्षौ भइरहेको छ । त्यहि क्रममा उनले अन्तर्राष्ट्रिय ‘लाइफस्टाइल च्यानल’को प्रस्ताव समेत अस्वीकार गरेकी छिन् । ‘फेसन’बारे ‘ट्राभल सो’ गर्न शिल्पालाई त्यो च्यानलले प्रस्ताव गरेको थियो ।
फ्रान्स, टोकियो, मेक्सिको, स्पेन तथा टर्कीजस्ता ठाउँमा गएर शिल्पाले कार्यक्रम चलाउनुपर्ने ‘अफर’ आएको थियो । तर, उनले यसलाई अस्वीकार गरिन् । उनीनिकट स्रोतले यो अस्वीकार गर्नुको कारण शिल्पाले लेख्दै गरेको पुस्तक भएको बताएको छ । शिल्पा अहिले ‘होम सपिङ,’ ‘टिभी बिजनेस’, ‘फेसन लाइन’ तथा ‘हेल्थ फिटनेस’माथि किताब लेखिरहेकी छिन् । यही किताबको सिलसिलामा उनले गत महिना आएको नयाँ फिल्मको अफर पनि अस्वीकार गरेकी थिइन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »