भारतलाई ठुलो झट्का नाकाबन्दीको विरोधमा भोलिदेखि भारतीय गाडी, हिन्दी फिल्म र भारतीय टेलिभिजनमा रोक !

Domain Registration Nepal प्रकाशित समय 4:04:00 AM
काडमाडौं, १० असोज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भारतविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आईतबार विज्ञप्ति जारी गरि सोमबारदेखि नेपाली भूमीमा भारतीय नम्बर प्लेटका गाडी चल्न नदिने घोषणा गरेका हुन् । साथै हिन्दी चलचित्र, भारतीय कलाकारले खेलेको विज्ञापन र भारतीय टेलिभिजन च्यानलमा पनि रोक लगाउने विज्ञप्तिमा जनाईएको छ ।
यस विषयमा जानकारी गराउन विप्लव माओवादीले आईतबार राजधानीमा पत्रकार सम्मेलन पनि गरेको थियो ।
पत्रकार सम्मेलनमा प्रकाण्डले भारतको नाकावन्दीकाविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरिएको बताए । साथै उनले तत्काल नाकावन्दीको विकल्प खोजी आपूर्ति व्यवस्था सहज बनाउन सरकारसँग माग गरे ।



























Advertisement

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »