सिरहामा फेरि शक्तिशाली प्रेसर कुकर बम विस्फोट

Domain Registration Nepal प्रकाशित समय 10:42:00 PM
शम्भु यादव, लहान । सिरहा सदरमुकाम केहीबेर अगाडि शक्तिशाली बम विस्फोट भएको प्रहरीले जनाएको छ । सिरहा जिल्ला अदालत अगाडि रहेको अदालतकै खाली जमीनमा शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको छ । करिब ७ बजे भएको विस्फोटबाट जिल्ला विकास समितिले भाडामा लगायतको व्यापारिक कम्प्लेक्स भवनका ‘भ¥याङ’ लगायको सिसा फुटेका छन् जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विस्फोटबाट ठूलो क्षति नभए पनि उक्त क्षेत्रका स्थानीय त्रसित बनेका छन् । एक साताअघि पनि सिरहा कांग्रेस पार्टी कार्यालय भवन छेउ शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको थियो । यी दुबै विस्फोट कसले गराएको हो भन्ने विषयमा प्रहरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरिक्षक राजकुमार शाहीले जानकारी दिए । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »