यमनको मस्जिदमा आक्रमण हुदाँ २५ को मृत्यु

Domain Registration Nepal प्रकाशित समय 3:28:00 AM

साना – यमनमा बिहीबार एक मस्जिदमा भएको बम आक्रमण कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । सिया मुस्लिम समुदायका नागरिकका विरुद्धमा गरिएको यस हमलामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको र अरु कयौँ नागरिक घाइते भएको समाचारमा जनाइएको छ ।
यमनको राजधानी सानामा सिया मुस्लिमको प्रार्थनालाई लक्ष्यगरी सो हमला गरिएको थियो । बम हमलामा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
बिहीबार मुस्लिमहरुको महान चाड इद अल अधाको अवसरमा प्रर्थनामा बसेका उनीहरुलाई लक्ष्य गरेर शक्तिशाली बम विस्फोट गराइएको समाचारमा जनाइएको छ । सानाको प्रहरी प्रतिष्ठाननजिकै रहेको सो मस्जिदमा सो हमला भएको थियो । प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार सो मस्जिदलाई हुथी विद्रोहीहरुले नियन्त्रणमा लिएर हमला गरेका थिए । इस्लामिक स्टेट जिहादीहरुले पछिल्लो समयमा यमनका सिया मस्जिदहरुमा हमला गर्ने गरेका छन् । ती हमलामा परी कयौं नागरिकको ज्यान जाने गरेको छ । पछिल्लो समयमा ती यमनमा आइएसको आक्रमण पनि बढ्दो रुपमा देखिएको छ । हरेक दिनजसो हिंसात्मक हमला भई नागरिकको ज्यान जाने गरेको अधिकारीहरुको भनाई छ । 































----------

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »