बाबुराम भट्टराई आज जनकपुर जाने तयारी

Domain Registration Nepal प्रकाशित समय 9:07:00 PM

  आश्विन १२, २०७२- केही दिन अघि मात्रै एमाओवादी र संसद पद त्यागेको घोषणा गरेका डा. बाबुराम भट्टराई आज जनकपुर जाने भएका छन् । उनी जनकपुर गएर आजै फर्किने स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।
पहाड र मधेसबीच देखिएको दुरी कम गरी संविधान जारी भएको खुशीयालीमा सबै नेपालीले दीपावली गर्ने वातावरण बनाउनु आफ्नो पहिलो एजेण्डा भएको भट्टराईले बताएका छन् ।
सीमांकनलगायत बिषयमा असन्तुष्टि व्यक्त गर्दै तराई केन्द्रित दलको आन्दोलनको कारण तराई ६ हप्तादेखि ठप्प छ । आन्दोलनरत मोर्चाले एक सातादेखि नेपाल–भारत नाकामा धर्ना दिइरहेका छन् ।
भट्टराईले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमाओवादीको साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेको घोषणा गरेका थिए ।
भट्टराईले आफूलाई पनि आन्दोलनमा सहभागी गराउन तराई केन्द्रित दललाई आग्रह गर्दै आएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »