भाइरल बन्दै गर्भमै रहँदा बमको छर्रा लागेकी शिशुको कथा

Domain Registration Nepal प्रकाशित समय 3:10:00 AM

(एजेन्सी) केही समयअघि एक बालक समून्द्री किनारमा मृत अवस्थामा भेटिएको तस्विरले संसार पिटेको थियो । त्यसयता युरोपेली देशमाथि शरणार्थी समस्या सुल्झाउन दबाब बढ्यो । अहिले त्यस्तै डरलाग्दो तथा दर्दनाक तस्विर सार्वजनिक भएको छ । जन्मदैँ चोट बोकेकी एक बालिकाको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । सिरियामा जन्मिएका अमेलको देब्रे आँखामाथि चोट छ । एलिप्पोमा सातादिनअघि भएको हवाई हमलाका दौरान उनी आमा अमिरा नौ महिनाकी गर्भवती थिइन् । उनी त्यतिबेला बमको छर्रा लागेर चोटग्रस्त भइन् ।अमिराका अन्य तीन बच्चा समेत त्यतिबेला घाइते भएका थिए तर भाग्यवस् उनीहरुलाई सामान्य चोटमात्रै लाग्यो । मास्फा अल मिदाानी अस्पतालका प्रवक्ता अबु लुईले बताएअनुसार उनी घाइते हुदाँ आफ्नो तीन बच्चाहरुबाट घेरिएका थिइन् । उनको शरीर रक्ताम्य थियो । त्यसपछि चिकित्सकहरुले तत्काल शल्यक्रिया गरेर बच्चा निकाल्ने निर्णय लिए । बच्चा जन्मनासाथ उनको देब्रे आँखामाथि चोट लागेको देखेर चिकित्सकहरु छक परे ।
शल्यक्रियामा संलग्न चिकित्सक भन्छन्, हामीलाई थाहा छैन् गर्भमा रहेकी यि बालिकामाथि चोट लाग्दा उनकी आमा बाँच्न सफल भएकी हुन् वा आमाले चोट सहेर बालिकालाई बचाएकी हुन् । तर आक्रमणकारीले दुबैको निमर्म हत्याको प्रयास भने गरेका हुन् । चिकित्सकहरुले अहिले बालिकाको चोट हटाएका छन् । अस्पतालले सार्वजनिक गरेको भिडियोमा चिकित्सकहरुले बच्चा ठीक अवस्थामा रहेको भन्दै खुसी मनाएर चिच्याएको देख्न सकिन्छ । यसरी जन्मिएकी बालिकाको नाम राखिएको छ, अमेल जसको नेपाली अर्थ हुन्छ, आशा ।
अमेरिकी सञ्चारमाध्यम सिएनएनसँगको कुराकानीमा डाक्टर महोमद्ध टाब्बाले भनेका छन्, उनी जन्मनुअघि नै निशानामा थिइन् । यस्तो परिस्थितीबीच मलाई आशा छ, उनले राम्रो भविष्य पाउनेछिन् । यसअघि आमामाथि छर्रा लाग्दा अमेलले गर्भमै ज्यान गुमाउने संभावना देखिएको थियो । लाखौँ सिरियालीहरु घर छाडेर शरणार्थीका रुपमा विदेशिन तयार भएका बेला यो घटनाले सिरियालीहरु बाहिरिनुको बाध्यतालाई फेरि छर्लंग पारेको छ । सिरियामा युद्ध सुरु भएपछि ४० लाखभन्दा धेरैले देश छाडिसकेका छन् । एमनेस्टी इन्टरनेशनलका अनुसार युद्धको चपेटामा परेका थप १२ लाखभन्दा बढी व्यक्तिलाई तत्काल मानविय सहयोगको खाँचो छ । पिडितमध्ये धेरैजसो अमेराजस्ता महिला नै छन् । जो आफ्नो बच्चाको सुरक्षा चाहन्छन् ।
अहिले सिरियाको ५० प्रतिशतभन्दा बढी जनसंख्या अन्यत्र छ । युद्धका कारण २ लाख ४० हजारभन्दा बढी सिरियाली मारिइसकेका छन् । अहिले पश्चिमा मूलुकको गठबन्धनले सिरियामा हवाई हमाला गरिरहेका छन् । धेरै शरणार्थीहरु सहज जीवनको खोजीका लागि युरोप जाने प्रयासमा छन् भने अझै पनि धेरै शरणार्थी लेबनान, टर्की र जोर्डनका क्याम्पहरुमा छन् । अहिले शरणार्थीहरुको समस्याले सम्पूर्ण विश्वलाई नै त्रस्त पारेको छ । यसअघि तीन वर्षिय अल्यान कुर्दी आफ्ना बाबु आमासँगै ग्रिस जाने क्रममा समून्द्रमा खसेको तस्विरले विश्व हल्याएको थियो । उक्त तस्विर सामाजिक सञ्जालमा भाइरल बनेपछि जर्मनी र अस्टेलिया शरणार्थीहरुलाई आश्रय दिन तयार भएका थिए ।के यसपटक अमेल अर्थात आशामाथि घटेको नियतिले शरणार्थीहरुलाई त्यसरी नै सघाउ पु¥याउँला भन्ने आशा गरिएको छ । साभार :रातोपटी 

































सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »