सीमाना तनावग्रस्त (हेर्नुस् फोटो फिचर)

Domain Registration Nepal प्रकाशित समय 3:01:00 AM
बिहानै देखि नेपालगन्जको जमुनाह स्थित नेपाल–भारत सीमानाको मुल गेटमा बसेर धर्ना तथा प्रदर्शन गरिरहेका संयुक्त थरुहट मधेस संघर्ष समितिका कार्यकर्ताले भारत तर्फ छिरेर नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका छन् ।
नेपाली सुरक्षा बलमाथि ढुंगामुढा प्रहार भएपछि सीमाको गेटमा प्रदर्शन गरिरहेका संघर्ष समितिका कार्यकर्तालाई नेपाली प्रहरीले बल प्रयोग गरेर लखेटेको छ । भारतीय सुरक्षा बल एसएसबीले पनि भारत तर्फ रहेको सीमाको गेटबाट प्रदर्शनकारीहरुलाई हटाएको छ ।
नेपाली आन्दोलनकारी भारत तर्फ छिरेर नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि मुक दर्शक भएको एसएसबीले नेपाली सुरक्षाकर्मीले बल प्रयोग गर्न थालेपछि बाध्य भएर नाकाबाट आन्दोलनकारीलाई हटाएका छ ।
दुवै तर्फका सुरक्षाकर्मी अहिले दशगजामा झडपको स्थितिलाई लिएर बाजाबाज गरिरहेका छन् । यद्यपि, अहिले पनि ठूलो संख्यामा भारतको रुपैडिहामा प्रदर्शनकारीहरु जम्मा भइरहेका छन् ।



संयुक्त थरुहट मधेस संघर्ष समितिका प्रवक्ता पशुपति दयाल मिश्रले सीमानामा शान्तिपूर्ण धर्ना, प्रदर्शन रहेको र अवस्था पनि सामान्य रहेको जानकारी दिए ।
उनले एक जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा आन्दोलनकारीले गरेको छुटाउने प्रयासका क्रममा आन्दोलनकारीबाट ढुंगामुढा र लाठी चार्ज भएको जानकारी दिए । उनले भने, हाम्रो प्रदर्शन शान्तिपूर्ण र सीमानामा कुनै तनाव छैन ।
सीमामा तैनाथ नेपाली सुरक्षा अधिकारीले सीमाको नेपाल तर्फको अवस्था सामान्य रहेपनि सीमापारी पट्टी सयौंको भीड जम्मा भएको जानकारी दिए ।
प्रहरी सँगको झडपका क्रममा घाइते भएका आन्दोलनकारी राम सिंह सोनी, अमृत लाल कुर्मी, ममता बनिया, जगदीश बहादुर सिंह, बद्रुदुजा खाँलाई उपचारका लागि अस्पताल पुर्याइएको स्रोतले जानकारी दियो ।
‘सीमानामा के भैरहेको तपाईहरु आफै हेर्न सक्नुहुन्छ’, एक नेपाली सुरक्षा अधिकारीले गम्भीर हुँदै भने, ‘यो बारेमा बोलिराख्नु पर्ने के छ र रु सबै छर्लङ्गै छ ।’ उनले यसबारे प्रतिक्रिया दिनै मानेनन् ।
घटना स्थलमा रहेका पत्रकार भगत राम थारुले सीमानाको अवस्था अन्त्यन्तै तनावग्रस्त रहेको जानकारी दिए ।
नाटकीय नाकाबन्दी
एक सातादेखि सीमानामा कडाई गर्दै आएको भारतले शुक्रबार पनि पेट्रोलियम पदार्थ भित्रिन दिएको छैन । नेपालगन्ज नाका हु“दै भित्रिन ठिक्क परेका ५३ ट्यांकर पेट्रोलियम पदार्थ र ३५ बुलेट ग्या“स सीमापारी रुपैडिहामा रोकिएको हो ।
प्रहरी स्रोतका अनुसार, पेट्रोलियम पदार्थ र ग्या“स सहित १ सय बढी भारतीय गाडीहरु नेपाल आउन नपाएर रुपैडियामा रोकिएका छन् । ‘तरकारी र फलफुलका २८ वटा गाडी मात्र शुक्रबार नेपालगन्ज भित्रिएका छन्’, नेपालगन्ज भन्सार कार्यालयले भनेको छ । अघिल्लो दिन १ करोड बढी राजश्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयले शुक्रबार ६६ लाख मात्र राजश्व जम्मा गरेको प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले जानकारी दिए । हमालले पेट्रोलियम पदार्थको एउटा पनि गाडी शुक्रबार नआएको जानकारी दिए ।
सम्बद्ध स्रोतका अनुसार, भारतीय व्यापारीलाई नोक्सान हुने फलफुल, तरकारीलाई त्यहा“ स्थित सुरक्षा निकायले बेरोकतोक नेपाल पठाएको छ । ‘अवरोध पुर्याउ“दा कुहिने भन्दै व्यापारीले दबाब दिएपछि निर्वाध ढंगबाट पठाइएको छ’, भारतीय एक व्यवसायीले रुपैडिहामा दैनिक नेपालगन्जस“ग भने, ‘अरु कुरा हामीलाई थाहा भएन ।’
गत शुक्रबारदेखि भारतीय सुरक्षा बल, एसएसबीले माथिको आदेश भन्दै आपूर्तिमा कडाई गर्दै आएको छ । एसएसबीको कडाईसगै दिनहुजसो नेपाल आउने गाडीको संख्या क्रमशः घट्दै गएको छ । ‘हामीलाई अवस्था राम्रो नभएसम्म मालसमान नल्याउन भनिएको छ’, भारतीय ती व्यापारीले ल्याइसकेको माल नरोकेको एसएसबीले दिएको ‘सुझाव’ सुनाउ“दै भने, ‘स्थिति यस्तै रह्यो भने ल्याउन पनि कठिन छ ।’
नेपालका सुरक्षा अधिकारीहरुले यसबारे मुख खोल्न सकेका छैनन् । उनीहरु अवस्था सहजीकरणका लागि प्रयत्नशील देखिन्छन् । ‘यो राष्ट्रिय समस्या हो भन्ने देखिएको छ’, एक सुरक्षा अधिकारीले दैनिक नेपालगन्जस“ग भने, ‘हाम्रो लेबलबाट गर्न सकिने प्रयास निरन्तर गरिरहेका छौं ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »