अपांग दलित महिला भन्छिन्– घरमै कुहिएर मर्छु होला हजुर !

Domain Registration Nepal प्रकाशित समय 10:45:00 PM

उदयपुर पुस १२
न दिनमा सन्चो हुन्छ, न रातमा निन्द्रा ।’ सँधैभरी पीडामा बाँच्नु परेको छ । मर्नको लागि कालपनि आउदैन् । आफु जान सक्दिन कसैले ल्याएर विष दिएपछि पिएर मर्थे । न छोरा छोरी छन् न कसैको साहारा ! पशु जस्तै घस्रिएर हिड्नु पर्छ हजुर, उपचार गरौँ पैसा छैन अवत घरमै कुहिएर मर्छु होला । काम गर्न सक्दिन् कहिले काँहि त पानी समेत खान पाउदिन । गाउँमा ठुला बडा नेता भएर पनि मैले राहत पाईन हजुर, लौ न केहि गरिदिनुप¥यो !
उदयपुरको त्रियुगा नगरपालिका ९ दमौति स्थित वयरवन पटवारीकी ४४ बर्षीया तिलमाया विश्वकर्माको यो कारुणिक पीडाले जो कोहिलाई पनि मर्माहित बनाउछ । पशु जस्तै चार हात खुट्टा टेकेरै चार बर्षदेखि गुजारा गर्दै आएकी विश्वकर्मा साँच्चै पशुवत जिवन विताईरहेकि छन् । सुरुमा कम्मर दुखेको थियो, खुट्टाले होस पाउदैन थियो तिलमायाँले भनिन–‘एक दिन जंगल गएको थिए, खुट्टा भड्खालामा परेर म लडे, त्यतिनै रहेछ मलाई खुट्टाले हिड्न लेखेको ।’ आँखाबाट बलिन्द्र धारा आँशु बगाउदै आफ्ना व्यथा सुनाईरहेकी विश्वकर्मा बोल्दा बोल्दै भक्कानिदै भनिन–‘यस्तो हालत भएर बाँच्नु भन्दा मर्नुनै निको, परान पर्खिरहेको छु सर !’
धामि झाँक्रि र डाक्टर धेरै धाँए, तर निको हुन सकेन उनले भनिन–‘भएको झिटि झामटि सकियो तर रोग जिउँका तिउ छ ।’ भएको जग्गा जमिन र अर्काको अधियाँ पालेका बाख्रा बाट आएको पैसाले उपचार गरेँ तर पैसा नपुगेर त्यतिकै फर्किएँ । उपचारको लागि लहान गएँ, पाठेघरको अप्रेसन गर्नुपर्छ भन्यो, विराटनगरको नोवेल अस्पताल गएँ हड्डिमा टिभि भएको छ भन्यो ईन्डियाको खरैया गएँ प्यारालाईसिस भएको भनेर दवाईदियो तर रोग ज्यूँका त्यू छ हजुर अवत जिउमा किरै पर्न लाग्यो भक्कानिदै उनले भनिन ।
‘गरिवले उभिएर बोल्दा उडाएर लान्छ, बसेर बोल्दा कसैले सुन्दैनन भन्छन्’ ठुला बडा अगाडि बोलौ भने गालि गर्ने डर, यहिँ बसेर बोलौँ कसैले सुन्दैनन, डाको छोडेर रुदै भनिन–‘लौ न हजुर भन्दिनुप¥यो, दलितलाई अधिकार दिन्छु भन्ने मान्छेहरुलाई !’ कतै मेरो पीडा बुझिदिनु हुन्छ कि ?
सम्पतिमा सवैको हाइहाइ, विपत्तिमा कोही छैनन् दाजुभाइु । रेडियो मा यो गित सुन्ने गरेको थिए, तर आजकाल त बज्न पनि छाडे, विकले भनिन–‘अधिकार माग्न राजाकहाँ गएका हाम्रा दलित नेताहरु गित सँगै हराए जस्तो लाग्न थाल्यो ।’आफु सँग श्रीमान भएपनि यतिवेला उनी बेसाहारा छिन् । श्रीमान मजबुरी गर्न अन्यन्त्र जान्छन् दिनभर घरमा एक्लै हुन्छिन्, तिर्खा लागे पानी समेत खान पाउदिनन् । उपचार पाए अर्को जुनि पाउथेँ हजुर हिड्न सके अर्काको जुठो भाँडा माझैरै भएपनि सास अड्काउथे, विकले भनिन–‘काम गर्न सक्दिन, श्रीमानपनि बुढो भईसके अव बुढेसकालमा भोकै मर्ने भएँ ।’
के गर्नु हजुर जिन्दगिमा मैले आठ वटी श्रीमति ल्याए, कोहि छोडेर हिडे, कोहि मरे उनका श्रीमान मंगलकृष्ण विकले भने–‘लास्टमा यहि अपांग श्रीमति पाल्न जुरेको रछ ।’ आफुपनि दमको रोगि छु, छिन छिनमा मुटु फुलेर सास फेर्न सक्दिन मंगलकृष्णले भने–‘अर्की श्रीमतिका २ छोराहरु थिए, उनीहरुलेपनि छोडेर गए अव हामी बुढा बुढि बाँकि छौँ कहिले परान जान्छ पर्खिरहेका छौँ ।
मंगलकृष्णका अर्की श्रीमतिका २ छोरा मध्य एक दिल्लिमा बस्छन् भने अर्को कटारीमा बस्छन् । तर साहारा दिने कोहि नहुँदा यतिवेला उनीहरु विचल्निमा परेका छन् । आर्थिक अवस्था राम्रो भए तिलमायाँको उपचार सम्भव देखिन्छ, त्यसको लागि सरोकारवाला निकायलेपनि केहि कदम चाल्नुपर्ने अवस्था देखिएको छ । यतिवेला उनीहरु उपचार भन्दापनि सास रहुन्जेल खाना कसरी खाने भन्ने चिन्तामा छन् ।
यता शहरी वातावरण व्यवस्थापन समाज (युम्स)कि सामाजिक परिचालक बाला खतिवडाको अगुवाईमा त्रियुगा नगरपालिकाबाट सिफारिस लिएर अपांग परिचय पत्र बनाउने काम मत्र भएको छ । विकले अपांग परिचय पत्रता पाईन तर सेवा सुविधा नपाउने गरि निलो कार्ड पाईन् । खै हजुर नागरिकता र कार्ड चाहि पाएँ, त्यसको लागि नगरपालिका धाँउदा धाँउदै पाँचहजार रुपैयाँ सकियो उनले भनिन–‘तर हामी गरिव दलितले पाउने सेवा सुविधाको नाममा एकपैसा पनि पाईन ।’
राज्यले गरिब दलित नागरिकलाई निःशुल्क उपचारको नीति अवलम्बन गरेपनि उक्त सेवा पाउन नसकेकी उनी उपचार पाएर बाँच्न चाहन्छिन् । तर यस विषयमा दलित अधिकारको क्षेत्रमा कामगर्ने संघ संस्था र राजनीतिक दलहरुभने यी दलित महिलाको व्यथामा भने बेखबर छन् । सोहि ठाँउमा घर भएका दलित जनजाति पार्टी उदयपुरका अध्यक्ष विनोद मोतेलेपनि उनको विषयमा केहि पहल चाल्न सकेको छैन् । मञ्चमा भाषण गर्न सिपालु नेताहरुले यस्ता असहायको लागि केहि गर्नुपर्ने अवस्था देखिन्छ । यस विषयमा अध्यक्ष मोतेले केहि समय भित्रै उनको उपचारको लागि पहल गरिने बताए ।
Advertisement

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »