भारतविरुद्ध नकारात्मक टिकाटिप्पणी नगर्न यादवको अनुरोध

Domain Registration Nepal प्रकाशित समय 4:58:00 AM
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत विरुद्ध अनावश्यक टिकाटिप्पणी गुर्न मुर्खता भएको बताएका छन् । अध्यक्ष यादवले विभिन्न क्षेत्रबाट भइरहेको भारत विरोधी वक्तव्यबाजी देश हितमा नरहेकोले छिमेकीसँगको सम्बन्धप्रति संवेदनशील रही यस्ता गलत तत्वबाट सचेत रहन आग्रहसमेत गरेका छन् ।
यादवले विहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुखहरु र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएको फोरम नेपालको ठहर छ ।’


प्रेस विज्ञप्ति :-
पहिचान, संघीयता र समानुपातिक समावेशिकरण सहितको अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु निर्माणका लागि महिनौंदेखि जारी अनिश्चितकालीन मधेश आन्दोलनलाई बद्नाम गरी यसलाई तुहाउने षड्यन्त्रले नेपाल सरकार, कतिपय मिडिया, विभिन्न पार्टीका नेता र विभिन्न क्षेत्रबाट  छिमेकी मुलुक भारतविरुद्ध भइरहेको द्वेषपूर्ण टिकाटिप्पणी एवं व्यक्तव्यबाजीप्रति संघीय समाजवादी फोरम, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । शदियौंदेखि कायम रहेको नेपाल–भारतको मित्रवत सम्बन्धलाई प्रतिकूल असर पर्ने गरी भइरहेको क्रियाकलापप्रति दुःख व्यक्त गर्दै कहीँकतैबाट यसप्रकारका नकारात्मक टिकाटिप्पणी नगर्न फोरम नेपाल अनुरोध गर्दछ ।
  Press Statement 24 sepयो आन्दोलन मधेशी, आदिवासी जनजाति, थारु, महिला, दलित, मुस्लिम, पिछडावर्गको भएकोले यसलाई छिमेकीसँग जोडेर अपब्याख्या गर्नु, अनावश्यक टिकाटिप्पणी गर्नु वा दमन गर्नु गैरजिम्मेवारपूर्ण कार्य हो, यसले मुलुकको हित गर्दैन । न्यायोचित अधिकार प्राप्तिका लागि उठेका नेपाली जनताको आवाज सुन्न सरकारले पूर्णरुपमा बेवास्ता गरिरहेको सन्दर्भमा छिमेकीको हैसियतले भारतले त्यसमा चासो दिनु वा जायत माग सम्बोधनका लागि पहल गर्नु अन्यथा होइन । भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुखहरु र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि  भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएको फोरम नेपालको ठहर छ ।
नेपालको विभिन्न क्षेत्रबाट भइरहेको भारत विरोधी वक्तव्यबाजी देश हितमा नरहेकोले छिमेकीसँगको सम्बन्धप्रति संवेदनशील रही यस्ता गलत तत्वबाट सचेत रहन सबैमा अनुरोध छ । अहिले मधेश/थरुहट क्षेत्रको आन्दोलन उत्कर्षमा पुगेसँगै मुलुकको अन्य भू–भागमा पनि भइरहेको आन्दोलनलाई ढाकछोप एवं
कोशिस गर्नु अदूरदर्शी सोच हो । मधेश/थरुहट लगायत मुलुकको विभिन्न क्षेत्रबाट उठेका आन्दोलनलाई अरुसँग जोड्नुको सट्टा विगतमा मधेश आन्दोलनका दौरान भएको २२ बुंदे र ८ बुंदे सम्झौता, आदिवासी जनजाति, खस, थारुसँग भएको सम्झौता, अन्तरिम संविधान २०६३ र पहिलो संविधानसभामा भएको सहमति कार्यान्वयन गरी संविधान पुनर्लेखन गर्नु नै समस्याको समाधान हुने फोरम नेपालको धारणा प्रष्ट पार्न चाहन्छौ ।
उपेन्द्र यादव
अध्यक्ष
----------

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »