पूनम पाण्डे अब जलेवी बाईको रुपमा देखिने

Domain Registration Nepal प्रकाशित समय 5:09:00 AM
बलिउडकी हट नायिका पूनम पाण्डे अब जलेवी बाईको रुपमा देखिने भएकी छन् । उनी सानो पर्दा धारावाहिक ‘नादानियाँ’ र ‘पूनम पाण्डे अब जलेवी बाईको रुपमा देखिने प्यार म्यारिज र स्स्हह’ मा जलेवी बाईको भूमिका निभाउदैछिन् ।

पूनमले धेरै रियालिटि शो काम गरेकी छन् । तर, उनी ‘कमेडि क्वासेस्’ र खतरोंका खिलाडी’ले परिचित छन् । पूनम ‘नशा’ र ‘मालिनी एन्ड कम्पनी’ जस्ता फिल्ममा देखिइसकेकी छन् । उनले यो धारवाहिकका लागि आफू उत्साहित भएको बताएकी छन् । यी धारवाहिकमा आफूले अलग भूमिका र लुक्समा देखिन लागेको बताइन ।

शोको सुटिङ पनि भइसकेको जनाउदै उनले भनिन् ‘ फिल्म भन्दा भिन्दै हुने भएकाले सुरुमा अलिकता डर लाग्यो ।’ सहायकहरु तथा अन्य सबै सहयोगी भावनाका भएकाले अफ्ठ्यारो नपरेको उनले सुनाइन । यो धारावाहिकको प्रशारण बिग मैजिक च्यानलबाट हुनेछ । – एजेन्सीको सहयोगमा

----------

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »