जनकपुरमा वसेको मोर्चाको संयुक्त बैठकले भट्टराईलाई बिमानस्थल बाटै फर्काउने निर्णय गरेको थियो । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा र संयुक्त युवासंघर्ष समितिले माओवादी छाडेका नेता बाबुराम भट्टराईलाई तराई प्रवेशमा रोक लगाउने निर्णय गरेका थिय तर भट्टराइले जनकपुरमा संबिधान जलाउने प्रतिबद्दता पछि मोर्चाको बिरोध फिर्ता भए पनि संयुक्त युवासंघर्ष समितिले भने बिरोध फिर्ता गरेको छैन । नेता भट्टराई आज १ बजे धनुषा जाने कार्यक्रम रहेको छ ।