ईन्जिनियर बन्ने सपना भएको रोहनलाई श्रद्धान्जली

Domain Registration Nepal प्रकाशित समय 8:09:00 AM
 महोत्तरी , १० असोज
मधेश आन्दोलनमा गत भाद्र २३ गते प्रहरीको गोलीबाट मारिएका रोहन चौधरीको उनी पढदै गरेको विद्यालय शिशु ज्ञान निकुञ्ज ले श्रद्धान्जली दिएको छ ।
शिशु ज्ञान निकुञ्जका प्रधानाध्यापक नरेन्द्र श्रेष्ठले मृतक रोहनको फोटोमा पुष्प र अविर चढाउदै मृत आत्माको चिर शान्तिको कामना गरेका छन । रोहन यसै विद्यालयको कक्षा १० मा अध्ययनरत रहेको र निक्कै मिहिनेती विद्यार्थी रहेको बताउदै प्रधानाध्यापक श्रेष्ठले विद्यालयले अमुल्य गहना गुमाएको बताएका छन । सोहि श्रद्धान्जली सभामा बोल्दै रोहनका साथी कक्षा १० का विवेक झाले रोहनको सपना ईन्जिनियर बन्ने रहेको र अब त्यो कहिल्यै पुरा हुन नसक्ने कुराले आफु सवै मर्माहित भएको बताएका छन । सभामा बोल्दै पत्रकार घनश्याम भगतले रोहनको नाम ईतिहासको पानामा लेखिएको र मधेश आन्दोलनको वारेमा जहिले पनि कुरा हुदा उसको नाम आदरका साथ लिईने बताउनु भयो । पत्रकार भगतले घटना भएको दिनको सम्झणा गर्दै रोहनलाई अस्पताल पुर्याउदा पनि बचाउन नसकेकोमा मा दुःख व्यक्त गरेका थिए ।
सो श्रद्धान्जली सभामा शिक्षक,विद्यार्थी,शुभचिन्तक र पत्रकार समेतले श्रद्धासुमन अर्पण गरेका थिए ।
Advertisement

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »