कतारबाट नेपालमा टेलिकमको मोबाइलमा सस्तो दरमा कल गर्न सकिने

Domain Registration Nepal प्रकाशित समय 3:51:00 AM
काठमाडौं, ८ असोज ।
बडादशैंको अवसरमा कतारको ओरेडु कम्पनीको प्रिपेड मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा हालसम्मकै सबैभन्दा सस्तो दरमा कल गर्न सकिने व्यवस्था गरिएको छ ।
जस मार्फत कतारको ओरेडु कम्पनीको प्रिपेड मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा कल गर्दा प्रतिमिनेट २० दिरहाम अर्थात करिब ५ रुपैयाँ ७५ पैसा मात्र महसुल लाग्ने टेलिकमद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उक्त अफर सेप्टेम्बर २५ (असोज ८, २०७२) देखि आगामी अक्टोबर २४ तारिख (कात्तिक ७, २०७२) सम्म लागू हुने टेलिकमले जनाएको छ ।
टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार नेपाल टेलिकमको विशेष अनुरोधमा नेपालीहरुको महान् चाड बडादसैंलाई लक्षित गरी ओरेडु कम्पनीले उक्त अफर लागू गरेको हो ।
यस छुट अफरबाट कतारमा कार्यरत करिब ७ लाख नेपालीलगायत अन्य उपभोक्ताहरु पनि लाभान्वित हुने टेलिकमले दावी गरेको छ ।
अफर नहुँदा कतारबाट नेपाल टेलिकमको नम्बरमा कल गर्दा सामान्य दर प्रतिमिनेट ४५ दिरहाम अर्थात करिब १३ रुपैयाँ रहंदै आएको छ ।
नेपालबाट कतारमा कल गर्दा भने हाल प्रतिमिनेट १२ रुपैयाँ महसुल लाग्छ ।

Advertisement

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »