यु–१९ विश्वकप क्रिकेट छनौट खेल्ने नेपाली टोलीको घोषणा

Domain Registration Nepal प्रकाशित समय 6:05:00 AM
बिपिना आचार्य – नेपाल क्रिकेट संघ क्यानले राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोलीको नाम सार्वजनिक गर्दै आईसीसी यु–१९ विश्वकप क्रिकेट छनौट प्रतियोगिताको लागि नेपाली टोलीलाई घोषणा गरेको छ | ब्याट्सम्यान आशिष धामीको ठाँउमा अलराउण्डर कुशल भुर्तेललाई टोलीमा समावेश गरेर गत महिना सम्पन्न एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट खेलेको टोलीमा एकमात्र परिवर्तन गरेको हो | अन्य खेलाडीमा आरिफ शेख उपकप्तान रहेको नेपालीमा दिपेन्द्र ऐरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ्ग, राजवीर सिंह र ललितनारायण राजवंशी छन् |
आशिषसँगै कमल ऐरी, हिमांशु दत्त र सन्दिप लामिछाने बैकल्पिक खेलाडीमा परेका छन् | यही असोज २८ गतेदेखि मलेसियाको क्वालालम्पुरमा हुने प्रतियोगिताको तयारीका लागि नेपालले भारतमा १५ दिन बन्द प्रशिक्षणको अभ्यास गर्ने बताईएको छ | नेपालले पपुवा न्युगिनीसँग छनौट प्रतियोगिताको पहिलो खेल खेल्नेछ |










----------

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »