पहाडमा हिन्दी च्यानल बन्द गर्दा ,मधेशमा नेपाली च्यानल बन्द गर्न ओपरेटरलाई दबाब

Domain Registration Nepal प्रकाशित समय 12:09:00 AM
काठमाडौं, १२ असोज । मुलुक भरी भारतीय टेलिभिजन च्यानलहरु बन्द गर्ने निर्णयको मधेशका जिल्लाहरुमा व्यापक विरोध भएको छ । भारतको अघोषित नाकाबन्दीको विरोधमा हिन्दी भारतीय टेलिभिजन च्यानलहरु बन्द गर्ने निर्णयको विरोध मधेशका जिल्लाहरुमा रहेका केबल अपरेटरहरुले गरेका छन् । उनीहरुले यो निर्णय नमान्ने समेत बताएका छन् । मधेशमा नेपाली च्यानल हेर्दैन, नेपाली बुझ्ने मान्छे थोरै छ , कि त सधैंको लागि बन्द गर्नु पर्यो होइन भने, हाम्रो व्यपारलाई धरापमा पार्ने काम गर्नु भएन, एक केवल अपरेटरले आक्रोष पोखे ।
उनले भने, काठमाडौंबाट निर्देशन दिन सजिलो छ, स्थानीय रुपमा हामीलाई कति समस्या छ त्यसको लेखा जोखा गरी साध्य छैन, जनता सबै आन्दोलित छन् । हामीले बन्द गर्यों भन्ने यहाँ बस्न सकिंदैन, पलायन भएर कहाँ जाने ? उनले यसरी दुखेसो र बाध्यता एक साथ साझाकुरा लाई बताए । हामी कुनै पनि हालतमा हिन्दी च्यानल बन्द गर्दैनौं ।
यो निर्णय काठमाडौँ हुदा मधेशमा भने छुटै आबाज उठेको छ। नेपाली च्यानलले मधेशको सामाचार नराखेको बिरोधमा नेपाली च्यानलहरु बन्द गर्न केबल अपरेटरहरुलाई दबाब आएको छ। 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »