विप्लव माओवादीले भारत विरुद्ध संघर्ष गर्ने

Domain Registration Nepal प्रकाशित समय 3:33:00 AM
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतविरुद्ध संघर्षको घोषणा गरेको छ । आइतवार एक विज्ञप्ति मार्फत माओवादीले भारतले नेपाल माथि नाकाबन्दी गरेर अनाश्यक हस्तक्षेप गरेको उल्लेख छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भोलिदेखि नेपालीमा भारतीय नम्बर प्लेटको गाडी प्रवेशमा रोक लगाउनुको साथै भारतीय चलचित्र र च्यानल प्रशारणमा रोक लगाउने घोषणा गरेको छ । भारतको अवरोधपछि वैकल्पिक आपुर्तिका लागि तुरुन्तै पहल गर्न पनि सरकार संग माग गरेको छ । कृतिम अभावको सिर्जना गरि कालोबजारी गर्नेलाई निरुत्साहित गरि आपुर्तिलाई सहज पार्ने कार्यमा आफुहरु लाग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Advertisement

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »