गच्छदार र उपेन्द्रको मोर्चा संगसंगै जाने

Domain Registration Nepal प्रकाशित समय 9:42:00 AM
----
काठमाडौं । उपेन्द्र यादव नेतृत्वकोे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच कार्यगत एकताको पहल सुरु भएको छ ।क्रियाशील मोर्चाहरुसँग एकता तथा सहकार्यको पहल गर्न भन्दै कार्यदल बनाएको छ । कार्यदलमा फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी, रामसपाका केशव झा र फोरम गणतान्त्रिका सीपी सिंह छन् । उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोसहितको मधेसी मोर्चाले यसअघि नै कार्यदल बनाइसकेको छ । गच्छदार मोर्चाका एक शीर्षनेताका अनुसार एकताकोलागि विभिन्न चरणमा कुराकानी भइरहेको छ । अब एक भएर जाने तयारीमा छौ । ‘मोर्चा मोर्चाबीच सहकार्य गर्ने कि एउटै मोर्चा बनाउने भन्ने छलफल भइरहेको छ,’ ति नेताले भने । कार्यगत एकताको प्रयासमा गच्छदारसँग वार्ता गर्न मधेसी मोर्चाका नेता एवं तमलोपाका अध्यक्ष महन्थ ठाकुर काठमाडौं आएका छन् । शनिबार दुबै पक्षका थप नेताहरुसहितको बैठक समेत बस्नेछ । यस्तै थरुहट थारुवान संयुक्त संघर्ष समितिलाई पनि समेट्ने प्रयास थालिएको नेताहरुले बताएका छन् । गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग पनि मोर्चाबन्दीका लागि पहल गरिरहेको छ । थरुहटमा फोरमका महासचिव रामजनमसहितका नेताहरु छन् । राजकुमार लेखीसहितका थारु नेताहरु समेत पछिल्लो समय मधेसी मोर्चासँग सहकार्य गरेर आन्दोलन गर्ने लबिङमा लागेका छन् । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »