ऐश्वर्याको लागि बिशेष सुरक्षा

Domain Registration Nepal प्रकाशित समय 1:41:00 AM

हाल उनी जहाँ पुगेपनि उनलाई घेर्ने प्रशंसकको ठूलो भिड लाग्ने गरेको छ । त्यस्तै एक घटना फिल्मको ‘र्याप अप’ पार्टीमा भएको थियो । ढिलो गरी पार्टीमा पुगेकी ऐश्वर्याको साथमा जम्मा दुईजना सुरक्षा गार्ड थिए । उनी पार्टीमा नपुग्दै प्रशंसकले घेरेपछि सुरक्षा गार्डले भिड हटाउन सकेनन् । त्यसपछि बाउन्सर बोलाउँदा पनि मुस्किल प¥यो । फिल्म जज्बाका निर्माण पक्षका एक व्यक्तिले भनेका छन्,‘हामीले देखिरहेका छौं, प्रशंसकका कारण सेलिब्रेटीहरु नराम्रा घटनामा परेका छन् । तयसैले हामीले फिल्मको प्रचार अवधिभर ऐश्वर्यालाई कुनै अप्ठ्यारो नहोस् भनेर १५ देखि २० बडिगार्ड उनको वरीपरी हुने व्यवस्था मिलाएका छौं ।’ फिल्मका निर्माता आकाश चावलाले पनि प्रचारलाई ध्यानमा राखेर सुरक्षा बढाएको बताएका छन् ।
Advertisement

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »