मुरलीधर ,निखिल अभिनित भैरबले रच्यो ईतिहास नारायणगढमा २ दिनमै भैरवलाई एक करोड : बन्द नभए ईतिहास रच्ने थियो

Domain Registration Nepal प्रकाशित समय 12:03:00 AM
भैरव फिल्म मार्फत निखिल उप्रेतीले आफ्नो स्टारडम फर्काउदै पुनः स्टार पावर देखाएका छन् । मोफसलमा देखिएको कडा बन्दको बाबजुत पनि भैरवले मोफसलका १३ वटा पर्दामा प्रसंनसनीय कारोबार गरेको छ भने राजधानीका उच्च कोटीका थिएटर बाहेक सवै स्क्रिनमा एक्सिलेन्ट पफर्मेन्स देखाएको छ । न्यूज फिल्मीले निकालेको २ दिने बक्स अफिश रिपोर्ट अनुसार भैरवले रिलिजको पहिलो दिन राजधानी र मोफसल गरी कूल ३२ लाख ८ हजार ३ सय २१ रुपैयाँको कारोवार गर्यो भने आज शनिबार मात्रै ७२ लाख ३८ हजारको ग्रस कारोवार गर्दै दुई दिनमा १ करोड ४ लाख ४६ हजार ३ सय २१ रुपैयाँको ब्यापार गरेको छ । यो ब्यापार सोचे भन्दा धेरै माथि रहेको प्रर्दशक एवं वितरकहरुले जनाएका छन् । वितरक एवं हल ब्यावसायीहरुले तराईमा बन्दका प्रभाव नभएको भए भैरवले हाल सम्मका सवै रेकडलाई पछि पार्ने थियो । तराई बन्दका वावजुत शुक्रबार मोफसलका १० कम थिएटरमा भैरवले ७ लाख ५० हजारको राउन्ड फिगर कलेक्सन गरेको थियो भने राजधानीका करिब २४ थिएटरबाट २४ लाख ५८ हजार ३ सय २१ रुपैयाँ कलेक्सन गरेको थियो । यस्तै आज शनिबार मोफसलका १३ वटा थिएटरमा १६ लाख ५० हजारको ग्रस कलेक्सन छ भने राजधानीमा ५५ लाख ८८ हजारको कूल कारोवार भएको छ ।
Advertisement
 राजधानी पश्चात मोफसलको नारायणघाट स्थित तीन वटा हलमा एकै दिन शतप्रतिशत ब्यापार गर्दै ईतिहास समेत रचेको छ भैरवले । स्थिानिय हल सञ्चालकका अनुसार नारायणघाटमा एउटा नेपाली फिल्म तीन वटा थिएटरमा एकै पटक लाग्ने गरेको थिएन तर यस पटक ईतिहास रच्दै भैरवले डि.सि.एन. जल्मा , गणेश र इन्द्रदेव हलमा शतप्रतिशत अकुपेन्सी कायम गरेको छ । भैरव निखिल उप्रेतीको आफ्नै निर्माण एवं निर्देशनमा बनेको फिल्म हो जसको ट्रेलर सार्वजनिक हुना साथ यस फिल्मले आक्रमक कलेक्सन गर्ने अनुमान फिल्म बृत्तमा चलेको थियो । पछिल्लो हप्ता रिलिज भएको होस्टेल रिर्टन्स् ले एक हप्तामा २ करोडको कारोवार गर्दै फिल्म उद्योगमा ब्यापारको माहोलमा सुरु गरेको थियो भने यसै हप्ता भैरवका साथ रेशम फिलिलीले पनि आफ्नो पुनः प्रर्दशन आरम्भ गर्दै राम्रै ब्यापार गर्न सफल भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »