मधेशी मोर्चा संग मिलेर सरकार संग लड्न बाबुरामअब मधेश जाने तर मोर्चाको निषेध पछि हच्किए बाबुराम

Domain Registration Nepal प्रकाशित समय 2:23:00 AM

काठमाडौँ, असोज ८ । मधेस आन्दोलनमा समर्थन जनाउन भन्दै जनकपुर जाने तयारीमा रहेका एमाओवादी बरिष्ठ बाबुराम भट्राइलाई मोर्चाले जनकपुर प्रवेशमा निषेध लगाएपछि उनी हच्किएका छन् ।
संविधान २०७२ जारी भएपछि शीर्ष ३ दलको विशेष सभामा समेत अनुपस्थित हुँदै संविधान प्रति विमति जनाएर मधेसीलाई सर्मथन जनाएका बाबुराम शुक्रबार जनकपुर गएर मधेस आन्दोलनमा समर्थन जनाउने कार्यक्रम स्थगित भएसँगै उनी केही हच्किएका हुन् ।
बिहबार डा भट्टाराई जनकपुर जाने कार्यक्रम सार्वजनिक भएलगत्तै आन्दोलनमा रहेको संयुक्त लोकतान्त्तिक मधेसी मोर्चाले र मधेस अधिकार संघर्ष समितिले प्रवेश निषेध गर्ने निर्णय गरेपछि जाने वातावरण उचित नभएको भन्दै स्थगित भएको स्रोतको भनाई छ ।
मधेसमा लामो समयदेखि चलिरहेको आन्दोलन विथोल्न सक्ने भन्दै विभिन्न शंका उपशंकाका आएका कारण बिहीबार मोर्चाले भट्टराइलाई रोक लगाउने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »