आन्दोलनकारी अब हाईवेमै सुत्ने, सिरहामा बम विस्फोट

Domain Registration Nepal प्रकाशित समय 4:34:00 AM
लहान, ८ असोज। मधेश आन्दोलन संघर्ष समिति र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सिरहाको सडक अबरुद्ध गर्नको लागि सडकमा खाने बस्ने तथा त्यही सुत्ने भनी कडा आन्दोलनको तयारी गरेको छ ।

प्रहरीको स्कर्टिगंमा राती १२ बजेपछि व्यापक रुपमा गाडी—सवारी साधान जाने आउंने गरेकोले सरकारलाई झुकाउंनको निम्ति कडा किसिमको आन्दोलन गर्ने भएको छ । लहानको अस्पताल चौकमा आज सांझ ६ बजेदेखि निरन्तर रुपमा रातभरी हाईवेमै सुतेर आन्दोलन गर्ने पत्रकार सम्मेलनमा पूर्व मन्त्री राजलाल यादवले बताए । मधेशमा दिनभरी बन्द गरिन्छ, तर राती प्रहरीले जर्बजस्ती गाडी लैजाने गरेकोले हामी अव सडक केन्द्रित आन्दोलन गर्ने सद्भावना पार्टीका केन्द्रीय सल्लाहकार तथा मुस्लिम अगुवा महमुद आलमले बताए । उनले भने हाम्रो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरियो भने सोही किसिमको प्रतिवाद गर्ने समेत आलमले बताए । यसैबीच, गोलबजारका आन्दोलनकारीले समेत हाईवे अबरुद्ध गर्न सडकमै सुत्ने गरी संघर्ष गर्ने बताएका छन् । उता, गोलबजारका उद्योग वाणिज्य संघ र स्थानीय व्यापारीहरुले भने जबसम्म मधेश र मधेशीको अधिकार सम्पन्न हुंदैन् तबसम्मको लागि हामीले कुनै पसल नखोल्ने ‘एकै चोटी फुलमाला अविर लगाएरै व्यावसायीमा फर्किने ’ प्रतिबद्धता गरेका छन् । आन्दोलन सशक्त भइरहेको अवस्थामा सिरहा सदरमुकाम र मिर्चैयामा बम विस्फोट भएको छ ।
----------

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »