प्रधानमन्त्री र महन्त ठाकुरले एक घण्टा के कुरा गरे ?

Domain Registration Nepal प्रकाशित समय 2:41:00 AM
----------
ठाकुर भन्छन्, ‘एक्लै वार्तामा आउन मिल्दैन मोर्चासँग छलफल गर्छु

काठमाडौँः प्रधानमन्त्री सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्त ठाकुरले मंगलबार बिहान एक घण्टा वार्ता गरेका छन् ।
मंगलबार बिहान नौ बजेपछि वार्ताका लागि तमलोपा पार्टी कार्यालय पुगेका कोइराला र ठाकुरबीच एक घण्टा लामो कुराकानी भएको हो । लामो समय छलफल भएको भए पनि कुनै निष्कर्ष निस्कन नसकेको तमलोपाले जनाएको छ ।
ठाकुरसँग कुराकानी गर्न प्रधानमन्त्री कोइरालाका साथमा वनमन्त्री महेश आचार्य र कांग्रेस नेता आनन्दप्रसाद ढुंगानासमेत तमलोपा कार्यालय विजुलीबजार पुगेका थिए । ठाकुरसँगको भेटवार्तामा अध्यक्ष ठाकुर र उपाध्यक्ष हृदयस त्रिपाठीसहितका नेता सहभागी थिए ।
कोइराला संयुक्त राष्ट्रसंघको कार्यक्रममा जानु अघि संविधान संशोधन गरेर भए पनि मधेसी नेताको मागलाई सम्बोधन गर्ने बनाउदै बिजुली बजार पुगेका थिए ।
भेटमा ठाकुरले मधेसका मुद्धामा एक्लै निर्णय गर्न नसक्ने भन्दै अन्य दलसँग छलफल गरेर सरकारसँग वार्ता गर्ने आश्वासन प्रधानमन्त्रीलाई दिएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »