जलेश्वरमा राष्ट्रिय मिडिया जलाइए

Domain Registration Nepal प्रकाशित समय 3:41:00 AM


रंजन भण्डारी
जलेश्वर, आश्विन ८ गते ।
राष्ट्रिय मिडियाले मधेश आन्दोलन तुहाउन खोजेका भन्दै जलेश्वरका युवाहरुले सो को बिरोध गर्दै राष्ट्रिय मिडिया जलाएको छ ।जलेश्वरका स्थानिय युवाहरुले मधेशको आन्दोल वारे राष्ट्रिय मिडियाले भ्रामक्ता फैलाएको,सत्यतथ्य समाचार सम्प्रेसन नगरेको,साम्प्रदायिक र हेपहा प्रवृतीका समाचार सम्प्रेसन गरेको लगायत लेखिएका विभिन्न फ्ल्यास वोर्ड का साथ सो जुलुस निकालिएको थियो ।
कान्तिपुर,एभिन्युज,सगरमाथा,एबिसी,नेपाल टेलिभिजन,न्युज २४ लगायतका राष्ट्रिय टिभी च्यानलहरुको नाम लेखिएको टिभीहरु नगरपरिक्रमा पश्चात जलेश्वरको दुर्गाचोकमा तोडफाड गरि सो मा आगो लगाएका थिए ।
Advertisement

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »