मधेशको माग पूरा नभएसम्म आन्दोलन जारी रहने : यादव

Domain Registration Nepal प्रकाशित समय 6:03:00 AM


 मुकेश यादब

        सिरहा, १३ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले उठाएको माग पूरा नहुन्जेलसम्म काठमाडौंलाई असहयोगको आन्दोलन जारी रहने बताउनुभएको छ ।
    आज सिरहाको लहानमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिले चलिरहेको आन्दोलन अधिकारको आन्दोलन भएकोले जबसम्म उत्पीडनमा परेका मधेशी, दलित, जनजाति, थारु लगायतको माग पूरा हुँदैन तबसम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।
    अहिले जारी भएको संविधान मधेशको जनताको हित विपरित भएकोले संविधानको संशोधन एवम् पुनरलेखन नगरुन्जेलसम्म मधेशबाट उठ्ने राजश्व, बैंक तथा वित्तीय संस्था एवम् राजमार्ग समेत ठप्प रहने अध्यक्ष यादवले उल्लेख गर्नुभयो । अध्यक्ष यादवले मधेशको माग देशभित्रैबाट पूरा हुने उल्लेख गर्दै भारत र चीनसँग बार्गेनिंग नगर्न आग्रह समेत गर्नुभयो । ्
संघीय समाजवादी फोरमका संसदीय दल नेता अशोक राई, उपाध्यक्ष रेणु यादव लगायतका नेताहरुले चीनसँग तेल किन्दैमा मधेशको समस्याको समाधान नहुने बताउँदै सरकारले अविलम्ब मधेशको माग सम्बोधन गर्न तत्कालै लाग्नु पर्ने उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »