३२५ मत ल्याई नन्दकिशोर पुन ‘पासाङ’ उपराष्ट्रपतिमा निर्वाचित

Domain Registration Nepal प्रकाशित समय 4:57:00 AM
काठमाडौं– एमाओवादी स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ’ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।
आज भएको उपराष्ट्रपतिको निर्वाचनमा पासाङ उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
व्यवस्थापिका संसदको बैठकमा सभामुख ओनसरी घर्तीले पासाङ विजयी भएको घोषणा गरिन् ।

यसअघि दिउँसो २ बजेसम्म चलेको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनमा ५४७ मत खसेको थियो ।  पासाङले ३२५ मत ल्याएको जानकारी दिँदै उनले कांग्रेसका उम्मेद्वार अमिय यादवले २१२ मत ल्याएको र १०  मत बदर भएको जानकारी दिईन्  ।
संविधानसभामा रहेको कुल ५९६ सांसद मध्ये ५४७ जनाले मतदानमा भाग लिएका हुन् । आजको मतदानमा आन्दोलनरत मधेसी मोर्चाका सांसदहरुले सहभागिता जनाएनन् । यस्तै एमालेकी सांसद प्रभादेबी बज्राचार्य र यसअघि राष्ट्रपतिको निर्वाचनमा भाग लिने मधेसी मोर्चामा आबद्व दलकी माधवी शाहले भाग लिएनन् । पासाङ तत्कालिन माओवादीले गरेको सशस्त्र जनयुद्वका कमाण्डर हुन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »