आन्दोलनकारीद्वारा दुई मोटसाइकलमा आगजानी, चालकमाथि हातपात

Domain Registration Nepal प्रकाशित समय 8:32:00 PM

            
सिरहा, कार्तिक ८– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको लहानमा दुई मोटरसाइकलमा आगजनी गरेका छन् । बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारीले  मोटरसाइकल चालकलाई कुटपिट गर्दै उनीहरुको मोटरसाइकल समेत जलाएको हो । 
लहानको अस्पताल चोकमा बा ३६ प ८५८२ र बा ४१ प ४६०० नम्वरको मोटरसाइकलमा आगजनी गरिएको छ । दुवै मोटरसाइकल पूर्वबाट पश्चिम गइरहेको थियो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाका कार्यकर्ता बिहानैदेखि पूर्व पश्चिम लोकमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । 
यसैविच सिरहाकै नयाँ चोहर्वा, मिर्चैया लागाएतका स्थानमा आन्दोलनकारीले एकदर्जन मोटरसाइकल तोडफोड गरेका छन् । आन्दोलनकारीले हिजैबाट मोटरसाइकल चल्न रोक लागाएको भएपनि आज पूनः मोटरसाइकल चलाएकोले उनीहरुको मोटरसाइकलमा क्षेति पुर्याएको नया चाोक चोहर्वाको स्थानीय नेता लक्ष्मण यादबले जनकारी दिनुभयो ।
    यस अघिसम्म मोटरसाइकल संचालनमा रोक नलगाएको भएपनि आजबाट मोटरसाइकल समेत चल्न नदिने भन्दै जलाउन थालेका हुन् । शनिवार दिउँसो आन्दोलनकारीले मोटरसाइकल संचालनमा रोक लागाएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »