मधेस आन्दोलन चाँडो सम्वोधन नगरे विखण्डनको खतरा : साहित्यकार संगा्रैला

Domain Registration Nepal प्रकाशित समय 2:57:00 AM


मुकेश यादब
       सिरहा, कात्तिक १३ – राज्यले मधेस आन्दोलन चाँडो समाधान नगरे देश विखण्डनको आवाज प्रवल बन्दैजाने लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले बताउनु भएको छ । सिरहाको गोलबजारमा आज स्थानीय बुद्धिजीवि तथा नागरिक समाजसंगको अन्तकृयामा अवको हप्ता १० दिनमा मधेस आन्दोलनको सम्वोधन नभए नेपाल सँग मधेस छुट्टिने स्वरहरु बुलन्दहुने बताउनु भएको हो ।
मधेसी मोर्चाले विभिन्न माग राखी बन्द गरेको ७६ दिन वितिसदापनि राज्यले कुनै चाँसो नदेखाएको भन्दै मधेसको जायज माग चाँडो सम्वोधन गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अव पनि यो आन्दोलन जारी रहे यसले हिंसात्मक रुप लिन सक्छ, त्यस प्रतिपनि राज्य सजग हुन जरुरी छ । त्यसको लागि राज्यले मधेसको जायज माग राज्यले तुरुन्त सम्वोधन गर्नु पर्छ ।’
मधेसमा यति लामो समयसम्म आन्दोलन हुँदा पनि राज्यले मधेसप्रति सौताको व्यवहार गरेको लेखक तथा सहित्यकार संग्रौलाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो अवस्थामा राज्यले गर्नुपर्ने काम छोडेर सरकार बनाउने खेलमा लाग्नु लज्जाको विषय भएको हो, यो सरकारले पनि चाँडो यो विषयलाई टुङ्गो लगाउनु पर्छ ।’
कार्यक्रमको आयोजना गोलबजारस्थित नेपाल दलित जागरण केन्द्रले गरेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »