नेपालगंज नाकामा मोर्चा र प्रहरी बिच झडप ।

Domain Registration Nepal प्रकाशित समय 9:04:00 PM
 नेपालगंज, १५ मंसिर । नेपालगंज जमुनाहा नाकामा सोमबार राति प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नाकामा रातको समयमा धर्ना दिएर बसेका प्रदर्शनकारीलाई प्रहरीले हटाउने क्रममा झडप भएको सदभावनाका नेता राम कुमारले बताएका छन् । नाकामा धर्ना दिएर बसेका प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै प्रहरीले आन्दोलनको टेण्ट पनि जबरजस्ती हटाईदिएको आन्दोलनकारी विजय कुमार गुप्ताले बताए ।यता, तराई मानव अधिकार रक्षक संजा
लका उपक्षेत्रीय संयोजक आलम खानले राति करिब ७ः४५ देखि १० बजेसम्म नेपालगंज जमुनाहा नाकामा आन्दोलनकारी, प्रहरी र केही पहाडी समुदायका युवाहरुबीच झडप भएको जनाएका छन् । उनले प्रहरी र पहाडी समुदायका युवाहरुले प्रदर्शनकारीमाथि गरेको आक्रमणमा १२ जना मधेशी आन्दोलनकारी घाईते भएको र एक जना प्रहरी जवान पनि घाईते भएको जनाएका छन् । घाईते हुनेमा प्रहरी जवान सन्द बस्याल रहेका छन् । खानले प्रहरीलाई अत्यधिक बल प्रयोग नगर्न र प्रदर्शनकारीलाई संयमित भई आफ्ना कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन् भने उग्र पहाडी समुदायका युवाहरुलाई नियन्त्रण गर्न पनि प्रहरीसँग आग्रह गरेका छन् । छठ अगाडिसम्म पूर्ण रुपले खुला रहेको नेपालगंजको नाकामा छठपछि भने आन्दोलनकारीले कडाई गरेका छन् । उनीहरुले रातिको समयमा पनि पाल राखेर नाकामा धर्ना दिन थालेका छन् । सभार :- हुलाकी न्युन

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »