मधेसी मोर्चाद्वारा जनकपुरमा विरोध प्रदर्शन ।

Domain Registration Nepal प्रकाशित समय 7:15:00 PM


जनकपुरधाम, १९ कार्तिक

      संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेश आन्दोलनको ८२ औ दिन जनकपुरमा विरोध प्रदर्शन गरेको छ मोर्चाले बुधवार जनकपुरमा मोटरसाईकल सञ्चालनमा समेत रोक लगाएको छ । बन्दको अवज्ञा गरेको भन्दै मोर्चाले करिव आधा दर्जन मोटरसाईकलमा तोडफोड गरेको छ ।
पछिल्लो पटक बीरगंजमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएपछि मोर्चाले आन्दोलनलाई झन कडा बनाएको हो ।
यसैबीच मोर्चाले बुधवार दिउसो विरोध जुलुस समेत प्रदर्शन गरेको थियो । जनक चोकबाट निकालिएको विरोध जुलुस राम चोक, सोनारपट्टी, जनकचोक,  शिव चोक हुदै भानु चोकमा कोणसभामा परिणत भएको थियो ।
मोर्चाका आन्दोलन परिचालन समितिका संयोजक तथा संघिय समाजवादी फोरम नेपालका धनुषाका अध्यक्ष शेषनारायण यादवले आन्दोलनलाई सश्क्त बनाउन मोटरसाईकल समेत बन्द गर्ने निर्णय भएको बताएका छन् ।
उनले भने, यो अधिकारको लडाई हो, यतिको दिन भईसक्दापनि आन्दोलनमा जनताको सहभागिता उल्लेखनीय छ । जव सम्म राज्यले मधेशको मुद्दालाई सम्बोधन गर्दैन आन्दोलन जारी नै रहने उनले थपे । विरोध प्रदर्शनमा मोर्चाका धनुषा संयोजक परमेश्वर साह, सद्भावना पार्टीका धनुषा अध्यक्ष संजय कुमार सिंह र तराई मधेश सदभावना पार्टीका धनुषा अध्यक्ष रुपनारायण मण्डल लगायत महिला अगुवाहरुको पनि उल्लेख्य सहभागिता थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »