काठमाडौंमा दबाबमूलक आन्दोलन गरिने तयारी ।

Domain Registration Nepal प्रकाशित समय 1:16:00 AM
काठमाडौं, १३ मंसिर । मधेश आन्दोलनका मागहरु सम्बोधनका लागि आन्दोलनरत् विभिन्न पक्षहरुले काठमाडौंकेन्द्रित आन्दोलन घोषणा गरेका छन् । एमाओवादीका पूर्वनेता डा। बाबुराम भट्टराईले हालै घोषणा गरेको नयाँ शक्ति निर्माण, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतले संयुक्तरुपमा विभिन्न चरणका दबाबमूलक कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
गत शुक्रबार तमलोपा पार्टी कार्यालयमा बसेको बैठकले मंसिर १७ गते ११ बजे प्रज्ञा प्रतिष्ठानमा बृहत् अन्तरक्रिया, २१ गते १२ बजे सिंहदरबार अगाडि धर्ना, २५ गते र्रयाली र २७ गते आमसभाको आयोजना गरिने नयाँ शक्ति निर्माण अभियानका नेता रामकुमार शर्माले जनाएका छन् ।
दबाबमूलक कार्यक्रममा मधेशी मोर्चा, नयाँ शक्ति निर्माण अभियान, आदिवासी राष्ट्रिय आन्दोलन, थरुहट तराई पार्टी नेपाल, संघीय लिम्बूवान पार्टी नेपाल, मगरात संघर्ष समिति, दलित मुक्ति मोर्चा लगायतको सहभागिता रहने जनाइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »