कमलदह मेलामा दिउँसै जुवा तास

Domain Registration Nepal प्रकाशित समय 2:40:00 AM
 रामभरोसी यादव  सिरहा, मंसिर ८ ।
    सिरहाको फूलबरीया–४ कमलदहमा लागेको मेलामा २४ सै घण्डा जुवातास खेलेपनि सम्वन्धित निकायको ध्यान जान सकसकेको स्थानिय बुद्धिजीवीहरुको गुनासो रहेको छ ।  कात्र्तिकको हरिवोधनी एकादशीदेखि पूर्णीमासम्म लाग्ने मेलामा दिनहुँ जुवा र तास खेलेर स्थानीय वातावरण विगारेको बुद्धीजिवीहरुको भनाई रहेको छ ।
यस मेलामा भारत विहारदेखि विराटनगर, जनकपुर, कटारी, लहान, गाईघाट लगाएतका स्थानबाट जुवाडेहरु भेलाभएर जुवा खेल्नेगरेको स्थानीय रामउद्गार महतोले जानकारी दिनुभयो । जुवाको सयभन्दा बढी खालहरु बनाई खेलीने जुवा–तासमा एकैदिनमा करोडौं रुपैयाँको कारोवार हुने गरेको महतोले जानकारी दिनुभयो । तास, जुवा,  कौडा लागाएतका खेलहरु भईरहेको स्थानीयको भनाई रहेको छ ।
file photo
स्थानीय प्रहरीलाई समिति मार्फत मोटो रकम बुझाई जुवा खेलाएको स्थानीय वुद्धिजीविहरुको आरोप रहेको छ । मेलामा जुवा खेलाउने गरेको विषयमा अहिले सम्म आफूहरुलाई कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एस.पी. श्याम ज्ञवालीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्मा हामीलाई जानकारी आएको छैन, म तुरुन्त बुझेर रोक्न निर्देशन गर्छू ।’


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »