सिरहामा आगलागीबाट एघार घर जलेर नष्ट ।

Domain Registration Nepal प्रकाशित समय 8:02:00 PM


सिरहा , १९ कार्तिक ।
       भगवानपुर–९ मा भएको आगलागीबाट ११ घर जलेर नष्ट भएको छ । भगवानपुर–९ निवासी रामकिसुन यादवको घरबाट राति ११ बजे सल्केको आगोले रामकुमार यादव र शिवनारायण यादवको फुस र बाँसको टाटीले बनेको ११ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।आगलागीबाट घरमा रहेका सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब रु २२ लाख बराबरको क्षति भएको जनाइएको छ । स्थानीयबासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा राति नै आगलागी नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »