साह परिवारको कहालीलाग्दो पीडा, ‘मम्मी उजरा सारी अहाँके नई निक लागैय’

Domain Registration Nepal प्रकाशित समय 11:10:00 PM

श्यामसुन्दर यादव
राजविराज, १४ मसिर । ‘मम्मी उजरा सारी अहाँके नई निक लागैय’ ९आमा सेतो सारी तपाईलाई सुहाउँदैन० ७ वर्षिय छोरा आदर्शको कुरा र दुबै हातमा गोली लागेकी ११ वर्षिया छोरी मुस्कानले ‘मम्मी, पापा आब कहियो नई एतै’९ आमा, बुवा अब कहिले पनि आउनु हुन्न रु’ अर्की ७ वर्षिया कान्छी छोरी दीपालीले आमा पूनम कुमारी साहको आँखाको आँसु पुछ्दै ‘मम्मी अहाँ नई कानु’ । यस्तै जेठी छोरी नेहा एक्लैमा भक्कानिएर रुने गर्छिन् । यस्ता दर्दनाक दृष्य र सम्वादले जो कोहीको मन पग्लिनु स्वाभाविकै हो । यस्तै बज्रपात आईपरेको राजविराज नगरपालिका वडा नम्वर–१ का साह परिवारमा । मंसिर ६ गते बेलुकीको ४।३० बजेको समयमा राजविराजको मेनरोडमा प्रहरी र आन्दोलनकारीहरु बीच झडप भइरहेको थियो । बिहानैदेखि आन्दोलनकारीहरुले यताबाट ढुङ्गामुढा गरिरहेका थिए भने प्रहरीले सयौं राउण्ड अश्रँृ ग्यास फायर गरिरहेका थिए । बाहीर दिनभरी गोलीका आवाज आइरहेको थियो । 


कहाँ के कसो भएको हो रु भनी बुझ्न दिलिप कुमार साह टेलिभिजन हेरिरहेका थिए । उनले आफ्नी सङ्गीनी पूनमलाई चिया बनाउन भने । पत्नी बनाएको चिया खाइसकेपछि आफ्नै घरमा चाँर–पाँच पटक केही ठोक्किएको आवाज आयो । बुवासँगै रहेकी छोरी मुस्कान कौसीबाटै चियाउन जाँदा बुवा दिलिपले बाहिरतिर नहेर पटाखाको आवाज होला भन्दै कोठाभित्र आउ भन्दै गर्दा प्रहरीले निशाना बनाएर ताकेको गोली उनको निधारमा लाग्न पुग्यो । दिलिप तत्कालै भुइँमा ढले । छोरी मुस्कानलाई पनि दुवै हातमा गोली लागेको थियो । दुवै हातबाट रगत बगिरहेको थियो । उनी चिच्याउँदै ‘मम्मी‘।।बुवाको टाउँकोबाट रगत बगिरहेको छ’ आमालाई गुहारिन् । त्यतिबेला दिलिप भुइँमा ढलेका थिए भने रगत निधारबाट रगत बगिरहेको थियो । पूनम यस्तो दृष्य देखेपछि आतिइन् । दुबै हातबाट रगत बगिरहेको अवस्थामा पनि मुस्कान कपडा खोजेर रगत पुछ्न थालिन् । बुवालाई केही नहोस् भन्ने चिन्ताले आफ्नो पीडा बिर्सेर बुवालाई हस्पिटल लग्न सुझाइन् ।
पूनमले आफ्ना पतिको यस्तो हालत देखेर छर–छिमेकलाई गुहारे । कुनै साधन नपाएपछि बेहोस अवस्थामा रहेका दिलिपलाई दुई तीन जनाले टाँगेरै डा। अशोकानन्द मिश्रको क्लिन लगे । अवस्था गम्भीर भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने क्रममा दिलिप सदाका लागि विदा भए । उनी न त आन्दोलनकारी थिए नत उनी कुनै पार्टीको कुनै जिम्मेवार तहमा थिए । उनी थिए त केवल सुच्चा व्यवसायी । जो आफ्नै घरको ग्राउण्ड फ्लोरमा ईलेक्ट्रोनिक्स पसल चलाउँदैआएका थिए । म्क्ऋण्घडद्दट
अति मिलनसार दिलिपको प्रहरीले चलाएको गोलीबाट मृत्यू भएपछि साह परिवारमा यतिबेला रुवावासी नै चलेको छ । उनी विदा भएको आठौं दिन बितिसकेको छ । उनको पोष्टमार्टम पश्चात शनिवार राती नै अन्तिम संस्कार गरिएको छ । यद्यपी साहको परिवारमा जतिबेला पनि रुवावासी चल्न थाल्छन् । उक्त घटनाको विषयमा जानकारी लिन साहका परिवारजनसँग दैनिकजसो १०–२० जना आउने गर्छन् । घटनाको विषयमा जानकारी दिने क्रममा भक्कानो छाडेर लालाबालासहित रुन थाल्छिन् धर्मपत्नी पूनम । आफ्ना पतिलाई प्रहरीले ताकेरै गोली हानेको बताउँदै उनी भन्छिन् ‘मेरा पतिलाई राजनीतिसँग कुनै मतलब थिएन, आन्दोलनमा पनि जानु भएको थिएन, आखिर किन मेरा पतिलाई गोली हानेर मारियो रु उनले कसरी लालाबालाको पालन पोषण गर्ने तथा पढाउने रु चिन्ताले सताउने गरेको बताउँदै पूनमले भनिन् ‘मेरो राजालाई गोली हान्नेलाई पनि पनि आँखा अगाडि नै कडा कार्वाही भएको हेर्न चाहन्छु । आफ्नै घरमा पनि बस्दा पनि डर लाग्ने गरेको बताउँदै आफ्ना पतिको घटनाको विषयमा न्यायिक छानबिन गर्न समेत उनले पत्रकाहरुहरुमार्फत माग गरेका छन् ।
मधेशी मोर्चाद्वारा शवको भव्य शवयात्रा पश्चात राती करिब ८ बजेको समयमा जब दिलिपको शव निवास अगाडि ल्याइए । नाराबाजीका साथ उनको शव आएपछि बेहोसी अवस्थामा रहेकी धर्मपत्नी पूनम माथिल्लो तल्लाबाट फूल बर्षाउँदै चिच्याएर जब भन्न थालिन् ‘बहारौं फूल बरसाओ मेरा महबुब आया है ।’ यो दृष्य देखेपछि शवयात्रासँगै आएका सहभागी, छिमेकी, तथा आफन्तजनका आँखा रसाए । सँगै जिउने र सँगै मर्ने कसम खाएका जिगरका टुक्रा जस्तै जीवनसाथीलाई गुमाउनु पर्दाको पीडा सही नसक्नु भएको छ ।
सधैं बुवाको काँखमा रमाउने लालाबालाहरुको बोली र अवस्था देख्दा जो कोहीको आत्मा पग्लिन्छ । खेल्ने उमेरमा बुवालाई दागवत्ती दिएका अबोध बालकको आफ्नै पहिरन यतिबेला फेरिएको छ । हिन्दू परम्परा अनुसार बुवाको मुखाग्नि दिएपछि उनलाई सेतो वस्त्र धारण गराइएको छ । तर आमालाई सदा झैं रातो तथा रङ्गीचङ्गी पहिरण, हातमा चुरा र सिउँदो सिन्दुर न देखेपछि छोरा आदर्शलाई आश्यर्च झैं लागेको छ । परम्परा अनुसार सेतो सारी, खाली हात, सिन्दुर बिनाको सिउँदो देखेपछि आफै किरिया बसेका अबोध बालक पटक–पटक आफ्नी आमालाई भन्ने गर्छन् ‘ मम्मी उजरा सारी अहाँके नई निक लागैय, दोसर लगाउ न ।’ छोरी मुस्कानको दुबै हातमा अहिले पनि गोलीको छर्रा रहेको छ । उनी खाना खान पनि छोडिसकेकी छिन् । आँखा अगाडि नै बुवा ढलेको दृष्य उनको मस्तिष्कबाट हट्न सकेको छैन ।
चार लालाबालाका पिता ३८ वर्षिय दिलिप सदाका लागि बिदा भए पछि उनका बृद्ध बुवा देवकृष्ण र आमा आशा देवी थलिएकी छिन । दाजु वीरेन्द्र र भाइ दिनेश समेत सानासाना बच्चाहरुको अवस्था देख्दा स्तब्ध छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »