मोर्चा द्धारा ४०० लिटर पेट्रोल नष्ट ।

Domain Registration Nepal प्रकाशित समय 10:15:00 PM
गौशाला, मङ्सिर १४ महोत्तरी जिल्लाको मुख्य सीमा नाका भिठ्ठामोडमा आज बिहान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले चार सय लिटर पेट्रोल नष्ट गरेका छन् । सोमबार एकाबिहानै चारजना तस्करले जर्किनमा भरेर भारतबाट ल्याएको ४१५ लिटर पेट्रोल महोत्तरीको मुख्य भन्सार नाका भिठ्ठामोडमा मोर्चाका कार्यकर्ताले नष्ट गरेको सद्भावना पार्टीका नेता लालबाबु यादवले बताए । सीमा नाकामा मोर्चाका कार्यकर्ताको धर्ना जारी रहेका बेला वनको बाटो हुँदै महोत्तरीको सदरमुकाम जलेश्वर ल्याउन खोजेको पेट्रोल मोर्चाका कार्यकर्ताले समातेर नष्ट गरेका हुन् । मोर्चाका कार्यकर्ताले चारैजना तस्करलाई सीमा नाकाभन्दा २०० मिटर वनमा समातेर पेट्रोल नियन्त्रणमा लिई भुइँमा पोखेर आगो लगाई नष्ट गरेका छन् । साथै उनीहरुलाई फेरि यस्तो काम नगर्ने सर्तमा गाली बेइज्जती पनि गरी छाडेका छन् । रासस

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »