पसलमा आगजानी हुँदा लाखौको क्षति।

Domain Registration Nepal प्रकाशित समय 10:40:00 PM
 सारेज पासवान सिरहा १४ मंसिर ।सिरहा सरमुकाम स्थित एउटा पसलमा आगजानी हुँदा लाखौ बराबरको क्षति भएको छ । भने एक वालक जलेर घाइते भएको छ । सिरहा सदरमुकाम १ मेनबजार स्थित नेपाल  हाउसमा आगजानी हुँदा लाखौको क्षति भएको हो । आगलागिबाट पसलमा रहेको पलङ्ग, कुर्षी, टेबुल, दराज फ्रिज लगायत स्टिलको भाडा वर्तन पुर्ण रुपमा जलेर नष्ट भएको छ । अन्दाजी १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।  पसलमै विक्रि गर्नका लागि राखिएको पेट्रोलबाट आगलागि भएको प्रत्यक्ष दर्शिले जानकारी दिएका छन् । पसलमा बसि ७ वर्षिय बालक गौरव साह पढिरहेको अवस्थामा बालकका पिता प्रभु हरी साहले सलाई लिन अरहाउदा बच्चाले पसलमै सलाइकोरे पछि नजिकै रहेको पेट्रोलको ग्यालनमा आगो सलकि आगलागी भएको थियो ।  आगलागि बाट बालक साहको खुट्टा जलि घाइते भएको र उपचार जिल्ला अस्पताल सिरहामा भईरहेको छ । स्थानियवासी र प्रहरीले दुई घण्टा पछि आगलागि आफ्नो नियन्त्रमा लिएको थियो । रातदिन एक गरेर पेट्रोल तस्किरी ग
री खुलेआम सिरहाको सडकमा विक्रिवितरण गर्नेहरुको कमी छैन् ।तेज गतिमा आगो सल्कने पेट्रोललाई घर अथवा पसलमा स्टोर गरेर राख्नु आफैमा पश्न खडा हुन्छ । जिल्ला प्रशासन कार्यालय सिरहाले बजार निगरानी र तस्करी रोक्नमा समय नखर्चेका कारण इन्धन गैरकानुनी रुपमा तस्करी भइरहेको आमसर्वसाधारणहरुले गुनासो गर्न थालेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »