भारतीय युवक रामलाई सहिद घोषणा गर्न माग ।

Domain Registration Nepal प्रकाशित समय 8:28:00 PM



वीरगंज, १९ कार्तिक ।
        संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वीरगंजमा प्रहरीको गोली लागि मृत्यु भएका भारतीय युवक आशीष रामलाइ सहिद घोषणा गर्न माग गरेको छ   । मोर्चाले विज्ञप्तिमा भारतीय सीमानाकामा प्रहरीले आन्दोलनकारीमाथि कायरतापूर्ण आक्रमण गर्ने क्रममा छिमेकी राष्ट्र भारतका एक जना निर्दोष नागरिकको  हत्या गरिनु दुखद घटना भएको जनाएको छ ।  वीरगंजमा बसेको मोर्चाको बैठकले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय युवक आशिषलाई सहिद घोषणा गरी उचित क्षतिपुर्ति दिन माग गरेको हो ।
आशिष रामलाई भावपुर्ण श्रद्धाञ्जली दिँदै मृत्यु उपरान्त उनलाई दिइनु पर्ने उचित सम्मानको लागि अपिल गरिएको छ ।
आफ्नो निजी कामले वीरगंज आएर फर्किने बेलामा प्रहरीको गोलीको आशिष राम शिकार भएको मोर्चाले बताएको छ ।
मोर्चाको तर्फबाट पुरुषोत्तम झा, प्रदिप यादव,  नेजामुद्दीन समानी र प्रेमचन्द्र कुशवाहाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा काम विशेषले नेपाल आउने भारतीयमाथि सीमानाकामा प्रहरीले ज्यादती गर्ने क्रम रोक्न माग गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »