चीनले सरकारलाई मद्दत गर्ने कार्य मधेसी जनताको भावना विपरितः

Domain Registration Nepal प्रकाशित समय 9:05:00 PM
बीरगंज, १७ कार्तिक
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं तराई मधेस सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले पर्सा जिल्लाका अगुवा कार्यकर्ताहरुलाई भेंटघाट कार्यक्रममा मधेसको माँग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताउदै नाकाबन्दीसँगै अब हाइवेलाई समेत ठप्प पार्ने बताए । २२ र ८ बुँदे सम्झौता कार्यान्वयन गर्न तर्फ सरकार गम्भिर नभएको र   विशुद्ध मधेस केन्द्रित एवं मधेसी जनताले गरि रहेको मधेस आन्दोलनलाई ठुला दलका नेता एवं राजधानीबाट संचालित मिडियाहरुले आन्दोलनलाई भारतसँग जोडेर आन्दोल बदनाम गर्ने चलखेल गरि रहेको बताउदै मधेस आन्दोलन मधेसीहरुको स्वभीमान, पहिचान र अधिकारको आन्दोल भएको बताए । सरकारको विरुद्धमा भइ रहेको आन्दोलनमा छिमेकी मुलुक चीनले सरकारलाई मद्दत गर्ने कार्य मधेसी जनता भावना विपरित भएको बताए । जारी मधेस आन्दोललाई बदनाम तथा तुहाउने जस्तो फोहरी खेलमा सरकार पक्षधर एवं ठूला पार्टीहरुले चलखेल गरि रहेको बताउनु भयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »