एक थान अमेरीकी पेस्तोल सहित ३ गाँजा तस्कर पक्राउ

Domain Registration Nepal प्रकाशित समय 12:42:00 AM


सिरहा, कात्तिक २३– इलाका प्रहरी कार्यालय लहान र जिल्ला वन कार्याल लहानको संयुक्त गस्तिटोलीले सिरहाकै तरेगना गोविन्दपुरबाट–५ बाट वितेराती एक सय ८० केजी प्रतिवन्दित लागुऔषध गाजाँ, एक थान अमेरिकी पोस्तोल सहित तीनजनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा त्यहाँ पुगेको सुरक्षाकर्मिहरुको टोलीले गएराती उदयपुर भलायोडाडाँ–३ का ४६ वर्षिय मदन मगर, १८ वर्षिय राजकुमार विश्वकर्मा र तरेगना गोविन्दपुर–८ का गणेश चौधरीलाई गाँजा सहित नियन्त्रणमा लिएका इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।   प्रहरीले  मदन मगरको साथबाट यूएस लेखिएको अमेरीकी पेस्तोल र त्यसमा लाग्ने २ थान गोली समेत बरामद गरेको जनाएको छ । नियन्त्रणमा लिएका तीनैजनालाई इलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान गरिरहेको जनाएको छ । उनीहरुमाथि लागु औषध ओसारपोसार सम्वन्धि मुद्दा लागाउने तयारी भईरहेको जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »