। एक आन्दोलनकारीले भने, ‘हामीलाई जिउँदै जलाएर मार्ने प्रयास गरियो ।’
यसरी सरकारले एकातर्फ वार्ताका लागि आह्वान गर्ने र अर्कोतर्फ राज्यआतंक नरोक्ने प्रवृत्तिले सरकार वार्ताको ढोेंग गरिरहेको आन्दोलनकारीहरुको आरोेप छ । सोमबार बिहान करिब ५ बजे बिरंगज भंसार नाकामा नाकाबन्दी गरी बसिरहेका आन्दोलनकारीहरू र टेन्टमा प्रहरीले आगो लगाएका छन् । प्रहरीले पेट्रोल छर्केर आगो लगाउँदा आन्दोलनकारी बसेको टेन्ट जलेर नष्ट भएको छ भने केही आन्दोलनकारी घाईते भएका छन् । ‘सरकारले एक तर्फ वार्ताको ढोंग गर्ने अर्को तर्फ चोर, लुटेरा जस्तै राती सुतिरहेका आन्दोलनकारीलाई आगो लगाएर मार्ने प्रयास गर्ने अनि आतंक मचाउने ?’ सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले प्रतिप्रश्न गरेका छन् ।
