सिलिन्डर बम सेना द्धारा निस्कृय ।

Domain Registration Nepal प्रकाशित समय 2:01:00 AM

सप्तरी १३ मंसिर  ।  सप्तरी– पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा–८ स्थित महुली पुलमुनि राखिएका दुई वटा सिलिण्डर बम सेनाको प्राविधिक टोली निष्कृय पारेको छ ।पुललाई क्षति पुर्‍याउने उद्देश्यले तार र डोरी जोडेर विष्फोट गराउन राखिएको उक्त सिलिण्डर बम आइतवार विहान स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले बम भएको पुष्टि भईसकेपछि उक्त स्थानलाई नियन्त्रणमा लिई बाटो आवागमनसमेत बन्द गराएका थिए । कृष्णदलगण राजविराजबाट गएको डिष्पोजल टोलीले विहान ११ बजे बम निष्कृय पारेको थियो । बम कसले राखेको हो त्यो भने खुल्न नसकेको र आवश्यक अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले बताए । तीन साताअघिपनि नेपाली कााग्रेसका सभाषद् सुरेन्द्र यादवको राजविराज–५ स्थित निवासमा अज्ञात समूहले राखेको सिलिण्डर बम फेला परेको थियो । उक्त बम पनि सेनाको प्राविधिक टोलीले नष्ट पारेको थियो


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »