वीरगंजमा प्रहरीले कुटपिट गरी आगोमा फाले।

Domain Registration Nepal प्रकाशित समय 7:35:00 PM



वीरगंज , कार्तिक १९ ।
       वीरगंजमा प्रहरीले अस्पतालबाट फर्किरहेका एक युवकलाई कुटपिट गरी बलिरहेको आगोमा फालिदिएका छन् । पर्साको वीरगंज उपमहानगरपालिका वडा नं। १५ मुरली वस्ने २२  वर्षय महिर कुमार कर्णलाई प्रहरीले कुटपिट गरी बलिरहेको आगोमा फालिदिएका हुन् ।
बेलुका ८ बजेको समयमा आफ्ना विरामी भाउजुलाई उपचारका लागि अस्पताल पुर्याई फर्किरहेका बेला प्रहरीले वीरगंजको मेनरोड नेशनल ट्रेनिङ नजिक रोकी कुटपिट गरी नजिकै बलिरहेको आगोमा फालिदिएको थियो । आगोले पोलेर अनुहारलगायत शरिरका विभिन्न भागमा घार भएका घाईको हाल वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कर्णको शरिरको दहिने भाग गम्भीर रुपमा जलेको छ भने अनुहार, आँखा, टाउको, छाती लगायतका शरिरको विभिन्न भागमा गम्भीर चोटपटक लागेको छ । यसैबीच मधेसी बुद्धिजिवी पेशागत समुहले प्रहरीको यस्तो क्रुर र अमानवीय व्यवहारको निन्दा गरेको छ । समूहले घटनामा संलग्न प्रहरीको पहिचान गरी अविलम्ब कारवाही गर्न माग गरेको छ ।
फोटो गुगल बाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »