एक किलो सुन सहित एक व्यापारी पक्राउ

Domain Registration Nepal प्रकाशित समय 12:30:00 AM


सिरहा,कात्तिक २३ ।    सिरहाको लहानबाट एक किलो सुनसहित एक व्यापारी आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका– ७ का राहुुल शारडा रहेका छन् ।शारडा काठमाडौँबाट सुन लिएर आउने क्रममा लहानस्थित सहिद चोकमा बसबाट ओर्लिने क्रममै पक्राउ परेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुुर्वेदीले शङ्का लागेर अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए।स्रोतका अनुसार विकास ट्रेडर्सका प्रोप्राइटर विकास शारडाका भाइ राहुुलले विगत लामो समयदेखि सुन भारत तस्करी गर्दै आएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »