दुबै लाशलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याइएको चिकित्सक रामज्ञान यादवले बताएका छन् । उनले एकजनाको गोली लागि मृत्यु भएको जानकारी पनि दिएका छन् । अर्का एकजनाको मृत्युको कारण भने खुल्न सकेको छैन । दुबै लाशलाई पोष्टमार्टमका लागि लगिएको छ । पोष्टमार्टमपछि विस्तृत विवरण आउने डा। यादवले बताएका छन् । सप्तरीमा शनिबार राति थारु र मधेशी आन्दोलनकारीहरुले राजमार्ग घेराउ गर्न बस्दा प्रहरीले अन्धाधुन्द गोली चलाएको थियो ।
