दुई मोटरसाइकलमा आगजनी

Domain Registration Nepal प्रकाशित समय 1:07:00 AM
 रौतहट, १३ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले रौतहटमा ३ वटा मोटरसाइकलमा आगजनी गरेका छन् । भारतबाट फुलटंकी पेट्रोल लिएर आउँदै गरेको अवस्थामा मोर्चा कार्यकर्ताहरुले गौर बैरगनिया नाकामा रहेको मितेरी पुल नजिक ना १५ प ५७३८ नम्बरको मोटरसाइकलमा आगजनी गर्नुको साथै बी आर ०५ जे – ०७१६ नम्बरको मोटरसाइकलमा तोडफोड गरी क्षति पुर्याएका छन् ।मोर्चाले तस्करी नगर्न पटक–पटक आह्वान गर्दा पनि नियन्त्रण हुन नसकेको कारण मोटरसाइकलमा बाध्य भएर आगजनी गर्नुपर्ने अवस्था आएको मोर्चाले जनाएको छ । त्यस्तै, भारतबाट अवैध रुपमा चिनी, पेट्रोल लिएर आउँदै गरेको अवस्थामा स्थानीय गाउँ विकास
समिति बसन्तपटीमा एउटा मोटर साइकलमा आगो लगाइदिएको छ ।बन्दको अवज्ञा गर्दै मोटरसाइकलमा समान दुवानी गरेको भन्दै प्रदर्शनकारीले बी आर ३० बी ९ ९०९४ नम्बरको मोटरसाइकलमा आगजनी गरेको हो । आगो लगाइएको दुइ मोटरसाइकल पूर्ण रुपमा जलेर नस्ट भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »