सामुदायिक विद्यालयका शिक्षकले तलब पाएन ।

Domain Registration Nepal प्रकाशित समय 8:20:00 PM


सिरहा १९ कार्तिक,  ।       
           संयुक्त मधेसी मोर्चाद्वारा विगत ८२ दिन जारी आमहडतालका कारण सिरहाका सामुदायिक विद्यालयका प्रावि, निमावि र माविका करिब दुई हजार ८०० शिक्षकले दसैँ, दीपावली र छठ पर्वको मुखमा तलब पाउनबाट वञ्चित भएका छन ।
         सिरहा जिल्लाका सामुदायिक विद्यालयका शिक्षकले चाडपर्वको मुखमा पनि तलब नपाएकाले दशैंत खल्लो भयो भयो दीपावली र छठ पर्व पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता बढेको शिक्षकहरूले बताएका छन् । लगातारको आमहडतालले दीपावली र छठसम्म पनि यही अवस्था रहने हो भन्ने शिक्षकको हाल बेहाल हुने अखिल नेपाल शिक्षक सङ्गठन सिरहाका अध्यक्ष शिवराज यादवले बताभयो ।                                              आन्दोलतनरत मोर्चाका कार्यकर्ताले तलब खुवाउने कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला विकास समिति र जिल्लास्थित बैंक बन्द गराएका कारण तलव पाउन नसकेको उहाँको भनाइ छ । यतिको दिनसम्म शिक्षक सेवामा लागियो तर यस्तो अवस्था कहिले भएको थिएन्”, ‘‘चाडपर्वको मुखमा तलब नपाउँदा घरपरिवार पनि चलाउन समस्या भइसक्यो, चाडपर्वको त रौनकता नै शिक्षकहरूका लागि हराइसकेको छ । लगातारको बन्दका  कारण जिल्लास्थित सामुदायिक विद्यालय बन्द रहेकाले यस वर्ष विद्यार्थीको पढाइ पूरा हुन नसक्ने भएकाले शान्ति क्षेत्र घोषणा गरिएका विद्यालय बन्द गर्न नहुने शिक्षकको भनाइ छ ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »