प्रहरी र आन्दोलबारीबीच झडप, एकको मृत्यु

Domain Registration Nepal प्रकाशित समय 1:31:00 AM
 वीरगन्ज, १६ कार्तिक । वीरगन्जमा प्रहरी र आन्दोलनकारीबीच भएको झड्पमा सोमबार एक आन्दोलनकारीको सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको छ । वीरगन्जको नाका धर्नामा बसेका आन्दोलनकारीहरुको टेन्टमा सुरक्षाकर्मीले आगो लगाई धपाएपछि सोमबार बिहानैदेखि वीरगन्ज तनावग्रस्त थियो ।
वीगन्जको संकाराचार्य गेटअगाडि सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । वीरगन्ज नाकामा सुरक्षाकर्मीले आक्रमण गरेपछि आक्रोशित भएका आन्दोलनकारीहरु वीरगन्जको मैत्री पुल कब्जा गरेका थिए । मधेशीहरुले निकालेको जुलुसमा प्रहरीले आश्रुग्यास, लाठी प्रहार, गोली प्रहार गरेका थिए ।फोटो, गुगलबाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »