मोर्चाका प्रवक्ता अरुण सिंहले पत्रिकाले मोर्चाको निर्णय विपरित संविधानमा हस्ताक्षर गर्ने सांसदहरूको शुभकामना सन्देश प्रकाशन गरेकाले पत्रिका जलाइएको बताउनुभयो ।
संस्कार खबर पत्रिकाले सांसदहरू रामअयोध्या यादव, राधेचन्द्र यादव र बलबीर चौधरीको शुभकामना सन्देश प्रकाशन गरेको थियो। नेपाल पत्रकार महासंघ बाराले यो घटनाको भत्र्सना गरेको छ ।
