स्वास्थ्यकर्मीहरु सडकमा , विरामीलाई स्लाईन पानी दिंदै प्रदर्शन ।

Domain Registration Nepal प्रकाशित समय 12:57:00 AM

 लहान, २० मंसिर । राजविराजमा अस्पतालभित्र प्रहरीको ज्यादती विरुद्ध लहानका अआएको छ । लहानमा आज विरामीलाई स्लाईनपानी चढाउंदै स्वास्थ्यकर्मीले प्रदर्शन गरेको छ । आफ्नो पेशागत सुरक्षाको माग गर्दै यहांका स्वास्थ्यकर्मीहरु आज सिरहाको लहानमा जिल्लाभरका स्वास्थ्यकर्मी र्याली निकालेर मधेस आन्दोलनको समर्थन र पेशागत सुरक्षाको माग गरेको हो । लहान नपा ३ स्थित हस्पिटल चौकबाट निकालेको र्याली लहानको विभिन्न भागमा परिक्रमा गर्दै सहिद चौक पुुगेर कोणसभा गरेका छन् । कोणसभामा बोल्दै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थालाई शान्ति क्षेत्र घोषणा गनुपर्ने र मधेसी मोर्चाको माग पुुरा गर्न सरकारसँग माग गरेका छन् । सो कार्यक्रममा डा।मिश्रीलाल साह, डा। पशुपति चौधरी, स्वास्थ्यकर्मी विलटनारायण राय, ललिता दासलगायतले मन्तव्य राख्नुभएका थिए । सप्तरीस्थित सगरमाथा अञ्चल अस्पताल राजविराजमा घुुसेर प्रहरीले स्वास्थ्यकर्मीलाई कुुटपिट गरेको घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्नुुपर्ने समेत माग गरेको छ । सप्तरीका एसपीकै निर्देशनमा स्वास्थ्यकर्मी कुटिएको आरोप लगाउँदै दोषीलाई कारबाही नभए सिरहा जिल्लाभरका स्वास्थ्य संस्था समेत ठप्प पार्ने उनीहरुले चेतावनी दिए । उता, प्रहरी दमनको बिरोधमा विगत १४ दिनदेखी सप्तरीका सम्पूर्ण निजि तथा सरकारी अस्पताल, क्लिनिक, स्वास्थ्य चौकीहरु बन्द रहेको छ । गत मंसिर ६ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले अस्पताल हातिभित्रै गालि गलौज गर्दै कुटपिट गरेको बिरोधमा जिल्लाका सम्पूर्ण टे«ड युनियन पदाधिकारीहरु आन्दोलित भएका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी, डिएसपीको निलम्बन, सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्ने माग राख्दै उनीहरुले आन्दोलित छन् ।     स्वास्थ्य संस्था बन्द रहेको बारे स्थानिय प्रशासनले हालसम्म कुनै प्रकारको पहल नगरेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । यता जिल्लाको अस्पताल लगायत सम्पूर्ण स्वास्थ्य केन्द्रहरु बन्द रहदा बिरामीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित छन् ।  माग सम्बोधन गर्नका लागि संघर्ष समितिद्वारा जिल्लाका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, अधिकारकर्मी, संचारकर्मीलगायतको उपस्थितिमा मंगलबार अन्तरक्रिया गरे पनि त्यसबाट केही उपलब्धि नभएको सर्वसाधारणको आरोप छ । सभार :- नवसंग्राम

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »