मधेशमा राज्य आतंक‘। (प्रतिवेदन)

Domain Registration Nepal प्रकाशित समय 2:47:00 AM
शैलेन्द्र अम्बेडकर । यस बर्ष रुपन्देही जिल्लासहित तराईका अधिकांश जिल्लाहरुको मानव अधिकारको अवस्थालाई अध्ययन गर्दा बिगतका दिनहरु भन्दा धैरै नै दयनिय रहेको पाइयो । कैलाली, दाँग, कपिलवस्तु , रुपन्देही, पर्सा, वारा, रौतहट, सर्लाही, धनुषा, सप्तरीमा अत्याधिक रुपमा मानव अधिकारको घोर उलंघन भएको पाइयो । यी तराईका जिल्लाहरुमा अध्ययन अनुसन्धान गर्दा प्रहरी तर्फवाट च्गभि या ीबध ९कानूनी शासन ०को उपहास भएको पाइयो । समग्रमा भन्नु पर्दा प्रहरी शासन भएको पाइन्छ ।
मधेशमा अन्दोलनकारीहरु ह्रिसंक भएको र अन्दोलनकारीहरु प्रहरीमाथि आक्रमण गर्दा प्रहरीले आत्मरक्षाको लागी गोली चलाउँदा आन्दोलनकारीहरुको मृत्यु भएको नेपाल सरकारको आरोप रहेको र सोही अनुसार नेपालका ठूला मिडियाहरुमा समाचारहरु आएको कुराको सन्र्दभमा भन्नु पर्दा तरकारी वजारमा एस।एल।आर, सटगन, थ्री नट थ्रीको गोली र वन्दुक पाइदैन । आन्दोलनकारी एस।एल।आर वोक्दैन र वोकेको पनि छैन ।२०७२ भाद्र २९ गते रुपन्देहीको वेथरी वजारमा चन्दन पटेलकी आमा तीजमा व्रत बस्न पुजा सामग्री लिन जाँदा प्रहरीले चार वर्षीय वालक चन्दन पटेलको टाउकोमा गोली हानी हत्या गर्यो । तरकारी बेची रहेकी सहवाती मुराऊको टाउकोमा, १४ बर्षीय वालिका रंजना सिंह क्षेत्रीलाई आफनो घरको किचनमा चिया पकाई रहेको अवस्थामा घाटीमा गोली हानियो, रक्सी पसलमा रक्सी वेची रहेका बिनोद लाकोललाई टाउकोमा, तरकारी किन्न गएका राजकुमार वरईलाई छातिमा र आफनो पसलको सटर वन्द गरिरहेको अवस्थामा नन्दनी पाण्डेयको तिघ्रामा गोली हानी हत्या गरियो । २ वालक, २ महिला सहित ६ जनाको गोली हानी हत्या गरेको पाइयो ।एउटा पहाडी समुदायको बच्चाको हत्या हुँदा पत्रपत्रिका तथा मिडियाहरुको मुख्य समाचार बन्यो तर एक मधेशी समुदायको बच्चाको टाउको नै प्रहरीले गोली हानेर उडायो तर कुनै पनि मिडियाले मुख्य समाचार वनाउन चाहेन । बेथरी काण्डमा एक सय भन्दा वढिलाई चोट पटक लागेको थियो । हत्या र गम्भीर घाइते भएको मध्ये कुनै पनि आन्दोलनकारी थिएनन् । २०७२ श्रावण ३ गते रुपन्देहीको भैराहवाबाट करिव पन्ध्र हजारको संख्यामा प्रर्दशनकारीहरु सुनौली नाका वन्द गराउन जाँदा नाकामा न पुग्दै केही पहाडी समुदायका मान्छेहरुले प्रहरी प्रशासनको आडमा प्रतिकार गरी खुकुरीले काटेर चार जनाको हत्या गरी डण्डा खोलामा फाले । पच्चास भन्दा वढि गम्भीर घाइते भए । केही त अहिले पनि मृत्यु सँग लडिरहेका छन् । उनीहरुले प्रहरी र कुनै समुदायमाथि एउट ढुंगा पनि फालेका थिएनन् । बेलहीयामा गम्भीर घाइते भएका दुर्गेश यादवलाई म आफै एम्बुलेन्समा राखेको तर आधा बाटोमा आएर एम्बुलेन्स रोकेर एम्बुलेन्सवाट थुति फलामे रडले टाउकोमा निर्घात कुटपिट गरियो । अन्त्यमा काठमाडांै उपचारको क्रममा निजको मृत्यु भयो । कहाँ हरायो आफुलाई सभ्य समाज ठान्नेहरुको मानवता रु यस्ता गम्भीर अमानवीय अपराधका घटनाहरु रुपन्देहीमा भए तर सरकारलाई कुनै वास्ता भएको पाइएन । इँटा, ढुंगा, लाठीको वदला एस।एल।आर, सट गन, थ्री नट थ्रीको गोली कदापि हुन सक्दैन । सवै प्रहरी संग सेफ्टी सिसाहरु, ढाल, सेफटी कपडाहरु लगाएको हुन्छ, ढुंगा रोक्ने ढाल दिएको हुन्छ, प्रति रक्षाको लागी वन्दुकहरु दिएको हुन्छ । तर, आन्दोलनकारीहरुसँग एक जोर शुद्ध कपडा समेत देखिएन । हो, लाठी डंडा लिएको हुन्छ, आन्दोलनकारीले ढुंगा हान्दैमा गोली चलाउनु पर्दछ भन्ने कुनै कानुन र मानवअधिकार पुस्तकमा लेखिएको छैन । प्रहरीले भीड तितिरवतर गर्न लाठी चार्ज, पानीको फोहरा, टियर ग्याँस फाल्न, हवाई फायर गर्न सक्छ प्रहरीको ज्यानै खतरामा भए पछि घुंडा मुनि गोली हान्न सक्ने कानुनी व्यवस्था सवैलाई थाहा भएकै हो । गोली चलाउनुको उद्देश्य भीडलाई तितरवितर गर्नु हो मान्छे मार्ने होइन ।
वीरगन्ज राधेमाइ टोलमा भाडामा बस्ने विद्यार्थी दिलिप चौरसियाको साँझ करिब ५ बजेको समयमा तरकारी किन्न जाँदा नेपाल प्रहरीद्धारा छातिमा गोली हानी हत्या गरियो । दिनानाथ शाह र जय प्रकाश शाहको साइकलमा घर देखी वीरगन्ज गइरहेको अवस्थामा छातिमा गोली हानेर हत्या गरियो । कुनै पनि कानुनमा एकाएक गोली चलाउनु भन्ने कुरा उल्लेख छैन । भारतीय नागरिकको कुरा गरिन्छ, जुनसुकै देशको नागरिक हो, त्यो मानव हो की होइन भन्ने कुरा वुझनु पर्ने हुन्छ । वीरगन्जको शंकराचार्य गेट नजिक आफ्नो घर गइरहेको अवस्थामा झडप नजिक पुग्दा भारती नागरिक आषिश रामलाई ताकेर गोली हानिएको छ । जसमा वल प्रयोगको सिद्दान्तको प्रकृया पुरा गरिएको छैन । लाठी चार्ज, अश्रुग्याँस, पानि फोहरा, हवाई फायर गरिएको छैन । कुनै पनि प्रकृया पुरा गरिएको छैन एका एक ताकेर गोली चलाई हत्या गरिएको छ । वीरगन्ज, माइस्थान चोक देखि करिव ५ सय फिटको दुरीमा रहेको प्रर्दशनकारी सत्रुधन पटेलको प्रहरीले छातिमा गोली हानी हत्या गरिएको पाइयो । त्यसको हातमा एउटा ढुंगा पनि थिएन । वावा होटेलको कम्पाउण्डमा लुकेर बसेको सोहन जी शाह कलवारलाई हेर्नै वित्तिकै गोली हानि हत्या गरियो । वीरगन्जको रामराज पुल नजिक खुट्टामा गोली लागी घाइते भएका उपेन्द्र यादवको प्राथमिक उचार गर्दा धर्म राज सिंहको टाउकोमा करिव ५ सय फिटको दुरीवाट ताकेर नेपाल प्रहरीले गोली हानी हत्या गरयो । वाराको कलैयामा हिफाजत मियाँ अन्सारीलाई हातमा गोली लागेर भुईमा ढलि सके पछि निजलाई प्रहरी घेरामा हाली पुनः छातिमा दुई गोली हानी हत्या गरियो । के यो मानवता विरुद्धको अपराध होइन र मेरै आँखाको सामुन्ने जनकपुरमा नितु यादवको हात समाति हात जर्वजस्ती घुमाई भाँचेर पिठीउमा बुटले वजारी भुईमा पल्टाई पछाडीवाट टाउकोमा गोली हानी हत्या गरेको दृष्य मेरो नजरमा घुमि रहन्छ । छतमा मान्छे हेरेर गोली हान्नु, घरमा पसेर निर्मम कुटपिट गर्नु कतिको जायज हो , सप्तरीको भारदहमा आफनो छोरीसँग आफनो ३ तल्ले छतमा बसेको दिलिप साहलाई टाउकोमा गोली हानी हत्या गरियो । निजको ८ बर्षीया छोरीको हातमा गोली हानियो । यसरी मधेश अन्दोलनको दौरानमा हाल सम्म ५० जनाको हत्या भएको पुष्टि भएको छ भने एक हजार भन्दा वढि घाइते भएको पाइयो ।अन्दोलनकारीहरुले औषधीको गाडी जलाए, एम्बुलेन्स जलाए, एम्बुलेन्सवाट थुतेर हत्या गरे । मानव अधिकार आयोगको गाडी जलाइयो । यस्ता कार्यहरु घोर अपराध हो, त्यस्तो अपराध जो कोहीलाई राज्यले छानविन गरी कानून वमोजिम कारवाही गर्नु पर्दछ । अपराध कहिले पनि क्षम्य हुनुहुदैन । अपराध गर्ने जो कोहीलाई कारवाही हुनु पर्दछ । तर एम्बुलेन्सको काम विरामी वोक्ने हो पसेन्जर वोक्ने होइन, पेट्रोलीयम पदार्थको तस्करी गर्ने होइन । एम्बुलेन्स चालकले पनि ख्याल गर्नु पर्ने हुन्छ । अन्दोनकारीहरुले संयमता तथा धैर्यताका साथ आफना अन्दोलनका कार्यक्रमहरु गर्नु पर्ने अवश्यता महशुस भएको छ । नेताहरुले आफनो कायकर्ताहरुलाई प्रशिक्षण दिनु पर्ने र अहिंसात्मक गतिविधि गर्न जरुरी रहेको देखिन्छ । पहाडी समुदायका अधिकांश नेता तथा जनताहरु वडो गम्भीरताका साथ भन्नु हुन्छ मधेशीहरु भारतीय भुमिवाट नेपाल आमाको छातिमा ढुंगा हानि वज्राचार गरयो, नेपाली प्रहरीमाथि ढुंगा हानियो तर उहाँहरुले यो पनि बिर्सनु भएन कि शान्तिपुर्ण तरिकाले सदनमा अवाज उठाँउदा सुनिएन, राजमार्गमा आए प्रहरी र पहाडी समदुायका केही मान्छेहरुले गोली हानेर, ढुंगा हानेर, खुकुरी प्रहार गरेर वस्न दिएनन् । सदरमुकाममा पनि त्यही अवस्था भयो । दशगजामा गए त्यहाँ पनि प्रहरीको गोली खानु परयो, खुकुरी प्रहार गरी हत्या गरियो, ढुगाले हानेर घाइते बनाइयो । केही पहाडी समुदायबाट प्रतिकार समुह वनाई खुकुरीले काटेर फाले । लखेटदा लखेटदा भारतीय भुमीमा पुर्याइयो । त्यहाँवाट पनि आफनो राष्ट्रियता खोज्न नेपालनै आउँछ । नाकामा बस्नु रहर हाइन वाध्यता भएको मैले पाएको छु । वीरगन्जको नाका दुबै देशको फोहोर फाल्ने ठाँउको रुपमा रहेको छ । अति नै दुरगन्धित छ । फोहोर छ । ड्रगिस्टहरुले ड्रगस प्रयोग गर्ने ठाँउ, धुलो, धुवाँ, विभिन्न भाइरस भएको ठाँउको रुपमा रहेको छ । जहाँ दश मिनेट पनि बस्न गाह्रो हुन्छ । त्यो स्थानमा तीन महिनादेखी रातदिन मान्छे वसिरहेको छ । कयौं जना विरामी भए, कयौं जना रोगी भए, वीरगन्जमा एक जनाको त मृत्यु नै भयो ।

नेपालको संविधान २०७२ को सम्बन्धमा

नेपालको संविधानको निर्माण प्रकृयादेखि हाल सम्ममा तराई मधेशमा ५० जना मान्छेको हत्या भएको छ । हजार भन्दा वढि घाइते भएका छन् । नेपालको संबिधानमा नगरिकतामै विवाद छ । भारतवाट विवाह गरी ल्याइएको महिलाको वैवाहिक अंगिकृतको प्रावधान हटाइयो । उसलाई संघीय कानुनबमोजिम अंगिकृतको प्रावधान छ ९नेपालको संबिधान २०७२ भाग ३ को धारा ११ को उपधारा ६0 ।
कहिले संघीय कानून वन्छ रु कहिले नागकिता पाउने हो भन्ने ठेगान छैन । यो संबिधान प्ररारम्भ हुनु भन्दा पहिला जन्मको अधारमा नागरिकता प्राप्त गरेका सन्तानले आमा र वावु दुबै नेपालको नागरिक रहेछन् भने बंशजको नागरिकता पाउने प्रवाधान छ । यहाँ निर “र” शब्द ल्याएर राखियो जसले गर्दा यदि आमा र वावु कुनै एक जनाको नागरिकता भएन भने उसको सन्तान नागकिताबाट वंचित हुने भए ।
मानौं विवाह भयो, बच्चा जन्मियो । कुनै एकको केही कारणवश मृत्यु भयो वा आमा वा वाबु अर्कै सँग विहे गरेर गयो भने त्यस्तो सन्तानहरु नागकिता नपाउने हुन्छन् । ९नेपालको संबिधान २०७२ भाग २ को धारा ११ को उपधारा ३ ० र धारा नं। २८९ मा राष्ट्रपति उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रसभाका सभाध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, सुरक्षा निकायका प्रमुख लगाउत उच्च पदमा नियुक्त हुनकालागी वंशजको नागकिता अनिवार्य गरेको छ । अंगिकृतले नपाउने भए ।
नेपालको संबिधान २०७२ भाग ३ को धारा ४२ मा सामनुपातिक शब्द हटाइयो, समाबेशी मात्र राखिएको छ । जसले जनसंख्याको अधारमा समाबेशीता न हुने निश्चत गरेको छ । एकसय सिटमा एक जना मधेशी, दलित, जनजाति राख्यो भने समाबेशी भएको मानिन्छ ।
धारा ४० को उपधारा २, ५ र ६ मा कानुन वमोजिम शब्द राखियो । यो शब्द २०१९ सालको संबिधानमा थियो, हाल ल्याएर कापि–पेष्ट गरिएको छ । कहिले कानुन बन्ने रु कहिले हक पाउने रु निश्चित छैन ।
धारा ४३, ४४ र ३६ मा पनि कानून बमोजिम शब्दहरु राखिएको छ । कानुन निर्माण भएन भने जनताले मौलिक हक प्राप्त गर्न सक्दैनन् । भाग ४ मा धेरै राम्रो कुरा लेखिएको छ तर अन्तिमा धारा ५५ मा यस भागमा लेखिएको कुनै विषय कार्यान्वयन भए वा नभएको सम्बन्धमा कुनै पनि अदालतमा प्रश्न उठाउन सकिने छैन भन्ने उल्लेख छ ।
निर्वाचन क्षेत्र भुगोलको अधारमा र्निधारण गरिएको छ । जब की अन्तरिम संबिधानमा जनसंख्याको अधारमा थियो । खस, आर्य त जहाँवाट पनि चुनाव जित्न सक्छन् । दलित, मुस्लिम, जनजाति र मधेशीलाई जित्नका लागी एउटा र्निवाचन क्षेत्र किन न र्निधारण गर्ने प्रत्यक्ष तर्फ रु
संघीयताको नाममा मधेशलाई ६ भागमा बाँडियो । हाम्रो प्रदेश नं। ५ मा १२ जिल्ला छ । ५ जिल्ला मधेशको, ७ जिल्ला पहाडको । र मधेशबाट पनि ४० प्रतिशत भन्दा वढि जित्ने पहाडी समुदाय हो । जिल्लाको हिसावले त बहुमत छँदैछ । त्यसै पनि दुई तिहाई वहुमत हुन्छ । बहुमत भएकाहरुले जे जसो गरे पनि भयो । जस्तो पनि कानुन बनाउने भयो । मधेशीहरु फेरी दासनै हुने भए ।
न्यायालयमा समाबेशी शब्द नै छैन । के न्यायालयमा मधेशी, जानजाति, दलित हुनु हँुदैन रु यो संबिधानमा खस आर्यलाई ४ ठाउँमा परिभाषित गरिएको छ । अरु कुनै जातको परिभाषा छैन । भाग ८ धारा ८४ को उपधारा २ को स्पष्टीकरणमा खस आर्य भन्नाले क्षेत्री, व्राहमण, ठकुरी, संन्यासी ९ दशनामी ० समझनु पर्दछ भन्ने कुरा उल्लेख छ । यो जातलाई मात्र संबैधानिक बनाएको छ । विश्वको कुनै पनि संबिधानमा जातको परिभाषा छैन तर नेपालमा व्राहमण क्षेत्रीको परिभाषा संबिधानको ४ ठाँउमा छ । यसरी संबिधानमा अनगिनत त्रुटिहरु रहेका छन् ।
लेखक तराई मानव अधिकार रक्षक संजालका क्षेत्रीय मानव अधिकार संयोजक हुन् । सभार  हुलाकी न्युज

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »