कम्बल पाएपछि हरुवा चरुवा दङ्ग

Domain Registration Nepal प्रकाशित समय 7:38:00 AM
सिरहा, पुस ११ गते । पुसको कठ्याङ्ग्रिदो जाडोमा न्यानो ओढ्ने नहुँदा कष्ट झेल्दै आएका सिरहाको लहान नगरपालिका ११ पिडरबोनीका ७० वर्षीय पाँचु राम कम्बल पाएपछि फुरुङ्ग भएका छन् । सिरहाको लहानमा आज दिउँसो कम्बल पाएका रामका छिमेकी ५५ वर्षीय नथुनी सदाय पनि खुशीले दङ्ग देखिए । बँधुवा कृषि मजदूरको रुपमा काम गर्दै आएका हरुवा चरुवाहरुलाई लहान नगरपालिका १२ स्थित दलित संरक्षण अभियान मञ्चले कम्बल बाँडेपछि राम र सदायसहित २२ जना हरुवा चरुवाहरु खुशी भएका हुन् ।दास प्रथाको रुपमा रहेका हरुवा चरुवाहरु हातमुख जोड्न गाउँका गिरहतको खेतबारीमा कृषि मजदूरी गर्दै आएपनि आयश्रोतको अन्य बिकल्प नहुँदा पुसको चिसो जाडोमा कष्टपूर्ण दैनिकी काट्दै आएका थिए । मञ्चले द फ्रिडम फण्डद्वारा जेनेभा ग्लोवलको सहयोगमा सिरहाको मञ्चले सिरहाको पडरिया र सिसबनीका २२ जना हरुवा चरुवाहरुलाई कम्बल बाँडेको हो । मञ्चका अध्यक्ष चलितर राम र उपाध्यक्ष वीणादेवी रामले हरुवा चरुवाहरुलाई संयुक्त रुपमा कम्बल बाँड्नु भएको हो । कम्बल पाएपछि लहान २२ सिसबनीका ५८ वर्षीय दुःखन रामले भन्नुभयो ‘जाडोमा बाँचिदैन कि जस्तो लागेको थियो, न्यानो ओढ्ने पाएपछि राहत महसूस भएको छ ।’कार्यक्रम संयोजक सूर्यनारायण रामका अनुसार सिरहाको पडरिया, सिसबनी, बस्तीपुर र भवानीपुर प्र।ध।मा बँधुवा कृषि मजदूरको रुपमा काम गर्दै आएका हरुवा चरुवाको सशक्तिकरण कार्यक्रम अन्तर्गत कम्बल वितरण गरिएको हो । मञ्चको अध्ययन अनुसार सिरहाको छ नगरपालिका र ६३ गा।वि।स।मा १८ हजार एक सय ६० जना हरुवा चरुवा रहेका छन् । सभारः मधेशस्पेशल

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »